Janakpurdham
Fri, Aug 28, 2026
`

उखु किसानको भुक्तानी तत्काल दिन सरकारसँग सांसद सिंहको माग

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन्। उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे।

 ‘उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन  सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। चाँडै उखु किसानको भुक्तानी होस्। सरकारले दिने रकम पनि चाँडै उपलब्ध होस् किसानलाई,’ उनले भने, ‘अब रोपाईंको सिजन सुरु हुने बेला छ। प्रर्याप्त मलको व्यवस्था सरकारले समयमा गरोस्। अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छै । १०,१५ दिनपछि रोपाईको सिजन सुरु हुन्छ।’

उनले उखु किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै अब रोपाइँको सिजन सुरु हुन लागेकाले आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने बताए।

सांसद सिंहले हालसम्म पर्याप्त मल उपलब्ध हुन नसकेको उल्लेख गर्दै आगामी १०–१५ दिनभित्र रोपाइँ सुरु हुने भएकाले किसानलाई समस्या नपर्ने गरी मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

साभार : काठमाडौं प्रेस

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

2 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

2 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

3 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

3 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

4 दिन पहिले