Janakpurdham
Sat, Sep 19, 2026
`

महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गर्न सबैको पक्षको सक्रिय भूमिका आवश्यक छ : राष्ट्रपति

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १६ : राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान,’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको हुन् ।

‘महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। घर, समाज, कार्यस्थल तथा निर्णय प्रकृयामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने।

महिलाको अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई सम्मान र थप ऊर्जा प्रदान गर्ने बताएका हुन्।

‘महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु,’ उनले भने।

 

साभार: काठमाडौं प्रेस 

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

14 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

14 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले