दिल्लीमा रवि लामिछानेको दौडधुप
4 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ १९ : भारत भ्रमणमा रहेके रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ।
मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको पनि जनाइएको छ। अनुकुल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ।
उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ।

मंगलबार नै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो। भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन्।
भेटमा नेपाल–भारत सम्बन्धलाई अभिवृद्धि गर्ने, दुई छिमेकी देशहरूबीच सहयोगका क्षेत्रहरूको अन्वेषण गर्ने र राजनीतिक संवादलाई सुदृढ पार्ने विषयमा कुराकानी भएको थियो।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिले नेपालमा चर्को आलोचना खेपिरहेका बेला लामिछानेको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।
भारत भ्रमणमा रहँदा लामिछानेको टोली अयोध्या भ्रमणमा जाने साथै नेपाली समूदायसँग भेटघाट गर्ने पनि तयारी छ।
साभार ः काठमाडौं प्रेस
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
12 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
12 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’