Janakpurdham
Sat, Sep 19, 2026
`

वीरगन्जका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

पर्सा, जेठ १९ : झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता ९सरकारी वकिल० कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो।

सरकारी वकिल कार्यालयमा बयान दर्ता भएपछि दिउँसो अदालतको इजलास नम्बर १ मा थुनछेक बहस भएको थियो।

वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि मुख्य न्यायाधीश रेग्मीले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।

उनका अनुसार अदालतले मेयर सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उक्त रकम नगद वा कानुनबमोजिमको जमानत दाखिला गरेपछि उनलाई आजै रिहा गर्न इजलासबाट आदेश जारी भएको छ।

सूचना अधिकारी यादवका अनुसार मेयर सिंहका तर्फबाट धरौटी रकम नगदै जम्मा गर्ने जानकारी अदालतलाई गराइएको छ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

12 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

12 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले