Janakpurdham
Sat, Sep 19, 2026
`

रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, जेठ २२ : नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।

शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेको थियो। 

पहिलो एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरिएको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो । जेठ १७ गत्ते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए। 

अधिवेशनमा राकेश यादवसहितको समिति गठन भएको थियो। यादवसहितको समितिको नाम रास्वपाको वेबसाइटमासमेत अपलोड भएको थियो । पछि फेरि जेठ २० गत्ते वेबसाइटबाट उक्त समितिको नाम हटाइए पछि विवाद सृजना भएको हो।

आफूहरुको नाम वेबसाइटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। 

रास्वपामा गुटबन्दी हुनु नराम्रो भएको बताउँदै यादवले दुबै पक्षलाई समेटेर एक पुनः अधिवेशन गर्नुपर्ने माग गरेका छन्।  उनले अधिवेशनको विवाद समाधान गर्नका निम्ती केन्द्रीय कार्यालयमा आफूले सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमार्फत समस्या सामाधन गर्न निर्देशन दिइएको सुनाए। 

यादवले जिल्ला पार्टी कार्यालयमा कोही नहुनु र जिल्लासभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा आउन नखोज्नु दुखद भएको बताए।

यादवले निश्पक्ष रुपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए। उनले पुनः अधिवेशन नभएसम्म आफूहरु ताला नखोल्ने चेतावनी दिएका छन्।

साभार ः काठमाडौं प्रेस

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

12 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

12 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले