‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो’
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २९ : एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम सिर्जना गरिएको बताएका छन्।
शुक्रबार एमाले बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा तीव्र सहरीकरण भएका क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम फैलाइएको दाबी गरे।
‘एल्गोरिदमको माध्यमबाट साम्राज्यवादी शक्तिहरूको तागत र बलमा, सेना–प्रहरीलगायत राज्यका संयन्त्रहरूको दुरुपयोग गरेर कम्युनिस्ट पार्टी, नेकपा एमाले र कमरेड केपी ओलीप्रति जुनखालको भ्रम सिर्जना गरियो। त्यसले युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासीलगायत आधारभूत वर्ग र विदेशमा रहेका युवाहरूलाई प्रभावित बनायो,’ उनले भने।

बस्नेतले मुलुकमाथिको आक्रमण र विनाशलाई समेत परिवर्तन र क्रान्तिका रूपमा बुझ्ने वातावरण बनाइएको आरोप लगाए।
उनले ‘अराष्ट्रवादी तत्व’, ‘सहकारी ठगीका मुद्दा व्यहोरेका व्यक्ति’ तथा ‘अन्तर्राष्ट्रिय शक्तिका एजेण्टका रूपमा परिचालित व्यक्तिहरू’ सरकारसम्म पुगेको टिप्पणी गरे।
‘जनताले ध्वसं र मुलुकमाथिको आक्रमणलाई क्रान्ति र परिवर्तनको रुपमा बुझ्ने परिस्थिती सिर्जना भयो । त्यसकारणले बालेज जस्तो ‘अराष्ट्रवादी तत्व’ रवि जस्तो सहकारी ठगीलगायतका दर्जनौ मुद्दा व्यहोरेको व्यक्ति र सुदन गुरुङ जस्तो टिओवी जस्ता अन्तर्राष्ट्रिय शक्तिको एजेण्टको रुपमा परिचालन शक्तिहरु आज सरकारमा पुगेका छन्,’ उनले भने।
त्यसैगरी एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले वर्तमान युग समाजवादी क्रान्तिको युग भएको बताएका छन्। उनले वर्गीय दृष्टिकोणबाट हेर्दा एकातिर विश्वका वित्तीय तथा एकाधिकारी पुँजीपति वर्ग र अर्कोतिर राष्ट्रिय पुँजीपति, मजदुर तथा किसान वर्गबीच संघर्ष चलिरहेको बताए।
साभार ः काठमाडौं प्रेस

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
11 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
11 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
1 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
1 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’