Janakpurdham
Sat, Sep 19, 2026
`

ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी मुहलबाउरका नेपालका स्थानीय प्रतिनिधि मनिन्दराज मल्ललाई नियन्त्रणमा लिएको हो। 

मंगलबार नियन्त्रणमा लिइएका उनीहरुलाई आज विशेष अदालतमा पेस गरिएको थियो। अदालतले अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

राहदानी विभागले ६४ लाख ई–पासपोर्टको लागि बोलपत्र आह्वान गर्दा आचार्य विभागमा लेखा प्रमुख रहेका थिए भने मल्ल बोलपत्र पाउने दुई जर्मन कम्पनीमध्ये एक मुहलबाउरका नेपालका स्थानीय प्रतिनिधि हुन्। 

अख्तियारले सोही प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिककुमार केसीलाई सोमबार नियन्त्रणमा लिएको थियो। 

साभार ः काठमाडौं प्रेस

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

11 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

11 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

1 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

1 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले