Janakpurdham
Thu, Jun 18, 2026
`

गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। 

बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए।

उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताए।

उनले भने, ‘विगत लामो समयदेखी यही क्षेत्रमा काम गरेको हुनाले यसमा पूर्वतयारी राम्रै छ। त्यस अनुसार सुरक्षा निकायहरु पनि खटाइएको छ। त्यसअनुसार भिन्न भिन्न टोलीहरुलाई पनि निर्देशन दिएका छौं। यसपटक मन्त्रीको निरिक्षण भन्दा पनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखी लिएर सबैकुराहरु खटाइने योजना बनाइरहेका छौं ।’ 

उनले अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको स्पष्ट पारे। विपद् व्यवस्थापनका क्षेत्रमा संस्थागत सुधार र समन्वयलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले नागरिक सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताए। उनले हरेक नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको र प्रहरी संगठन अहिले पहिलेभन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे।

‘पहिलेको सरकारले गरेको राम्रा कामलाई प्रोत्साहन गरेर त्यसमा भएको कमी कमजोरीलाई पूर्ण गरि त्यसलाई पनि निरन्तरता दिदैछौ । गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो भनी सोच्नुपर्छ। हरेक नारीको लागि हामी आफ्नो परिवार भएर उभिन चाहान्छौं । हामी हरेक नागरिकको सुरक्षा र सेवाको लागि काम गर्छौ पहिला भन्दा अहिले प्रहरी पनि प्रभावकारीरुपमा काम गरिरहेको छ,’ उनले भने।

अपराध नियन्त्रणका विषयमा उच्च प्रहरी अधिकारीहरूसँग नियमित छलफल भइरहेको जानकारी दिँदै उनले कानून कार्यान्वयनमा कुनै राजनीतिक पक्षपात नहुने स्पष्ट पारे। गलत कार्य गर्ने व्यक्ति जुनसुकै दल वा समूहसँग सम्बन्धित भए पनि कानूनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो।

उनले सुरक्षा निकायका अधिकारीहरूको कार्यसम्पादनलाई नजिकबाट मूल्यांकन गरिने र जिम्मेवारीअनुसार काम गर्न नसक्ने अधिकारीमाथि आवश्यक कदम चालिने चेतावनी दिए। साथै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र बढुवालाई पूर्ण रूपमा कार्यसम्पादनमा आधारित बनाइने नीति अवलम्बन गरिएको बताए।

मन्त्री गुरुङले विगतमा बढुवाका क्रममा राजनीतिक दबाब, पहुँच र चलखेल हुने गरेको चर्चा गर्दै अब त्यस्ता अभ्यासलाई अन्त्य गरी कर्मचारीको क्षमता, इमान्दारिता र कार्यसम्पादनका आधारमा मात्रै पदोन्नति गरिने निर्देशन दिइएको जानकारी दिए।

साभार ः काठमाडौं प्रेस

`
12 comments
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..

2 घन्टा पहिले

कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न

जनकपुरधाम, असार ४ गते ।  जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ द..

2 घन्टा पहिले

ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्..

14 घन्टा पहिले

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँ..

काठमाडौं, असार ३ : नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजक..

14 घन्टा पहिले

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध ..

काठमाडौं, असार २ : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको र..

1 दिन पहिले