Janakpurdham
Thu, Aug 27, 2026
`

मानव अधिकार प्रवर्द्धनका लागि युवाको सक्रियता आवश्यक : Amnesty Youth-57

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार २० गते। अन्तर्राष्ट्रिय मानव अधिकार संस्था Amnesty International Youth-57 जनकपुरधाम समूहको ३५औँ साधारण सभाबाट क्लोथ बैंक नेपालका सचिव मनिष झा श्रीओम अध्यक्ष (संयोजक) मा सर्वसम्मत निर्वाचित भएका छन्।

जनकपुरधामस्थित होटल फलसममा शनिबार सम्पन्न साधारण सभामा Amnesty International Nepal का पूर्व अध्यक्ष शम्भू ठाकुर प्रमुख अतिथि तथा समूहका संयोजक कमल साहको अध्यक्षता रहेको थियो।

सभाले समूहको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उर्मिला यादव उपाध्यक्ष (सह–संयोजक), अम्बिका प्रसाद कर्ण सचिव, मुकेश ठाकुर कोषाध्यक्ष तथा फूलकुमारी साह, कैलाश प्रसाद, उदयचन्द्र यादव, सञ्जय प्रसाद साह र शिवशंकर मिश्र सदस्यमा निर्वाचित भएका छन्।

यसैगरी, कमल साह, डा. विनय कुमार झा र रमेश कुमार साह सल्लाहकार समितिमा चयन भएका छन्। प्रदेश प्रतिनिधिमा कमल साह र उर्मिला यादव चयन भएका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकारको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यता तथा युवाको सक्रिय सहभागिता अभिवृद्धिमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

Amnesty International विश्वका १५० भन्दा बढी देशमा सक्रिय मानव अधिकारसम्बन्धी अग्रणी संस्था हो। संस्थामा एक करोडभन्दा बढी सदस्य तथा समर्थक आबद्ध रही मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

2 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

2 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

3 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

3 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

4 दिन पहिले