Janakpurdham
Fri, Nov 20, 2026
`

श्रीमती र भाइ मिलेर हत्या

6 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान २ बजेर ३० मिनेटतिर शम्भु उनकी २३ बर्षीया पत्नी सुशिलादेवी, भाइहरु अनिल मण्डल र जय मण्डलबीच घरायसी विवाद भएको र त्यहीँ क्रममा तीनै जना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको मिश्रले बताए ।

लाठीसहित घरेलु हतियारले प्रहार गर्दा शम्भुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घट्नापछि तीनै जना फरार भएका छन् । उनीहरुको खोजी गर्दै थप अनुसन्धान श्ुरु गरिएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

`
12 comments
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः ..

काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वà¤..

8 घन्टा पहिले

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

काठमाडौं, मंसिर ३ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर..

8 घन्टा पहिले

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं, मंसिर २ : अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेनà¥..

2 दिन पहिले

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

विराटनगर, मंसिर २ : १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदà..

2 दिन पहिले

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३०..

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री बालेन्द्र ९बालेन०शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छ..

3 दिन पहिले