Janakpurdham
Sat, May 10, 2025
`

‘यारा ओ यारा’ गीतमा जब सनी नाच्दथे तव सबैलाई गरियो सेटबाट बाहिर

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बई। अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन्।सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएनन्, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने। यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे।दिग्गज अभिनेता धर्मेन्द्रका छोरा सनी अभिनित फिल्म ‘जीत’ को गीत  ‘यारा ओ यारा’ को एक किस्सा अहिले पनि बलिउडमा उत्तिकै चर्चाको विषय बनेको छ।कमैलाई थाहा होला कि यो गीतको सुटिङका समयमा सनी र अभिनेत्री करिश्मा कपुरबाहेक फिल्मका प्राविधिकदेखि लिएर बाँकी कलाकार सबैलाई सेटबाहिर राखिएको थियो।यो फिल्म सन् १९९६ अगष्ट २३ मा रिलिज भएको थियो। यो फिल्म सनीको करियरको सम्झन लायक फिल्ममा पर्दछ।गीत ‘यारा ओ यारा’ स्वीटजरल्याण्डमा सुटिङ गरिएको थियो। सुटिङका क्रममा करिश्मा र सनीबाहेक सबैलाई सुटिङ सेटबाट भगाइएको थियो।सनीले नृत्यको नाममा यो गीतमा केवल हात र खुट्टा मात्र चलाएका थिए। ६ मिनेटको यो गीतपछि सनीले आफू देवल परिवारको उत्कृष्ट डान्सर नभएको स्वीकारेका थिए।सनीलाई आफू गीतमा नाँच्दा उनको नृत्य हेर्नेहरु हाँस्नेछन् भन्नेमा डर थियो। सोहीकारण सेटबाट करिश्मा र सनीबाहेक सबैलाई भगाइएको थियो। सनीले सेटमा आफूले गीतको रिहल्सल गर्दा कोरियोग्राफर चिन्नी प्रकाशबाहेक अरु कोही नबस्ने नियम बनाएका थिए।यो गीतको फाइनल सुट हुँदा साउण्ड, लाइटदेखि लिएर हरेक डिपार्टमेन्टमका मानिसहरु सनीको नियम अनुसार सेटबाट बाहिर गएका थिए। केही मानिस मात्र सेटमा थिए। सनीले आफ्नो नृत्यमा अरुले खिल्ली उडाउलान् भनेर यो नियम बनाएका थिए।निर्देशक साजिद नाडियाडवालाका अनुसार नृत्यको सट दिएपछि सनीले निर्देशक र कोरियोग्राफरलाई राम्रो भयो कि भएन भनेर सोध्थे। सनीको अगाडि सबैले तारिफ गरे पनि पछाडि भने उनीहरु हाँस्ने गर्थे।साभार : डिसी नेपाल

`
12 comments
मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..

जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..

14 घन्टा पहिले

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..

2 दिन पहिले

भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..

काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..

3 दिन पहिले

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..

3 दिन पहिले

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..

4 दिन पहिले