Janakpurdham
Thu, Oct 15, 2026
`

छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ ४ गते । धनुषामा आज बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जनकपुरधामको परिक्रमा तथा जनकपुर–ढल्केवर सडकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरधामको परिक्रमा सडकमा बालुवा लोड गरेको टिपरले ठक्कर दिँदा एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका–५ बस्ने वर्ष ६० का सत्यनारायण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक अरुण बहादुर सिंहले जानकारी दिनुभयो ।

आज बिहान ९ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ७ परिक्रमा सडकमा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको टिपरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

यसैबीच टिपर तथा टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयबासीले ट्रकका चालकले जानी-जानी ठक्कर दिएको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरि जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको नम्बर नखुलेको कारले ठक्कर दिँदा धनुषाको मिथिला विहारी नगरपालिका–२ राघोपुर निवासी वर्ष २५ को नागेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ८ः ३० बजे भएको सो दुर्घटनाको अनुसन्धानका लागि बा १३ च ९२९२ नम्बरको कार तथा त्यसका चालकलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिनुभयो ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।


साभार ः रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

12 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

12 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले