
छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, माघ ४ गते । धनुषामा आज बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जनकपुरधामको परिक्रमा तथा जनकपुर–ढल्केवर सडकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरधामको परिक्रमा सडकमा बालुवा लोड गरेको टिपरले ठक्कर दिँदा एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका–५ बस्ने वर्ष ६० का सत्यनारायण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक अरुण बहादुर सिंहले जानकारी दिनुभयो ।
आज बिहान ९ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ७ परिक्रमा सडकमा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको टिपरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
यसैबीच टिपर तथा टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयबासीले ट्रकका चालकले जानी-जानी ठक्कर दिएको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसै गरि जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको नम्बर नखुलेको कारले ठक्कर दिँदा धनुषाको मिथिला विहारी नगरपालिका–२ राघोपुर निवासी वर्ष २५ को नागेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ८ः ३० बजे भएको सो दुर्घटनाको अनुसन्धानका लागि बा १३ च ९२९२ नम्बरको कार तथा त्यसका चालकलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिनुभयो ।
ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
साभार ः रेडियो नेपाल

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
10 घन्टा पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
10 घन्टा पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
1 दिन पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
1 दिन पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले