नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने
6 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।
यससम्बन्धीको समझदारी पत्रमा एनएचआरसीका प्रमुख डा.प्रदीप ज्ञवाली र रसायनशास्त्र विभागका प्रमुख डा.रामचन्द्र बस्नेतले संयुक्त रुपमा हस्ताक्षार गरेका छन् ।
सम्झौताअनुसार औषधीय गुण भएका वनस्पतिहरुको पहिचान र संकलन गरी त्यसको जाँच गर्ने र राम्रो औषधीय गुण देखाएका वनस्पतिहरुको औषधि विकासमा अनुसन्धान गर्ने सम्झौता भएको त्रिवि रसायनशास्त्र विभागका सह-प्राध्यापक डा.अच्युत अधिकारीले जानकारी दिए । हरेक वर्ष कामको प्रगतिको आधारमा रकम विनियोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।
प्राज्ञिक संस्थाहरुसँग सहकार्य गरेर सेन्टर फर एक्सिलेन्स निर्माणका लागि यो सहकार्यले सहयोग गर्ने एनएचआरसीका अनुसन्धानक प्रमुख डा.मेघनाध धिमालले इकान्तिपुरलाई बताए ।
'जडिबुटीमा धनी छौं तर सही सदुपयोग गर्न सकिरहेको छैनौं, तिनीहरुबाट के-के गुणाहरु रहेछ भन्ने जानकारी पत्ता लगाउन यो अनुसन्धानका लागि सहकार्य गरिएको हो,' धिमालले भने । यसबाट देशको आर्थिक उन्नति र विकास गर्न सकिन्छ भनेर पनि अनुसन्धान गर्न लागिएको धिमालले बताए ।
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
16 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
16 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 दिन पहिले