नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने
6 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।
यससम्बन्धीको समझदारी पत्रमा एनएचआरसीका प्रमुख डा.प्रदीप ज्ञवाली र रसायनशास्त्र विभागका प्रमुख डा.रामचन्द्र बस्नेतले संयुक्त रुपमा हस्ताक्षार गरेका छन् ।
सम्झौताअनुसार औषधीय गुण भएका वनस्पतिहरुको पहिचान र संकलन गरी त्यसको जाँच गर्ने र राम्रो औषधीय गुण देखाएका वनस्पतिहरुको औषधि विकासमा अनुसन्धान गर्ने सम्झौता भएको त्रिवि रसायनशास्त्र विभागका सह-प्राध्यापक डा.अच्युत अधिकारीले जानकारी दिए । हरेक वर्ष कामको प्रगतिको आधारमा रकम विनियोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।
प्राज्ञिक संस्थाहरुसँग सहकार्य गरेर सेन्टर फर एक्सिलेन्स निर्माणका लागि यो सहकार्यले सहयोग गर्ने एनएचआरसीका अनुसन्धानक प्रमुख डा.मेघनाध धिमालले इकान्तिपुरलाई बताए ।
'जडिबुटीमा धनी छौं तर सही सदुपयोग गर्न सकिरहेको छैनौं, तिनीहरुबाट के-के गुणाहरु रहेछ भन्ने जानकारी पत्ता लगाउन यो अनुसन्धानका लागि सहकार्य गरिएको हो,' धिमालले भने । यसबाट देशको आर्थिक उन्नति र विकास गर्न सकिन्छ भनेर पनि अनुसन्धान गर्न लागिएको धिमालले बताए ।
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..
9 घन्टा पहिले
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..
काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..
7 घन्टा पहिले
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..
मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..
1 दिन पहिले
देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह
काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..
1 दिन पहिले
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
2 दिन पहिले