Janakpurdham
Wed, Jul 16, 2025
`

धनुषामा पेस्तोल र गोलीसहित दुई युवा पक्राउ

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ५ गते । धनुषाको धनौजी गाउँपालिका- ४ स्थित भडरियाबाट पेस्तोलसहित दुई युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी सिलानाथ बरही ग्राम पञ्चायत- ५ का २१ वर्षीय रुपेशकुमार यादव र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो छन् ।

बीआर ३२ एडब्ल्यू १८११ नम्बरको भारतीय मोटरसाइकलमा दुबै जना चढेर गइरहेको बेला शंका लागेर सशस्त्र प्रहरीका इन्स्पेक्टर रवीन्द्र दाहाल नेतृत्वको टोलीले चेकजाँच गरेको थियो ‌। सो क्रममा उनीहरुको साथबाट ९ एमएम ब्राउनिङ पेस्तोल १ थान, सोको म्यागजिन १ थान र गोली राउन्ड १ थान बरामद भएको सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर धनुषाका प्रमुख एसपी दर्शन गिरीले जानकारी दिए ।

उनका अनुसार नेपाली नगद ३ हजार ४५, भारतीय नगद ८० रुपैयाँ र तीन थान मोबाइल पनि बरामद भएको छ ‌। दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार ः नेपाल प्रेस

`
12 comments
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

9 घन्टा पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

10 घन्टा पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

1 दिन पहिले

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..

1 दिन पहिले

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

2 दिन पहिले