धनुषामा पेस्तोल र गोलीसहित दुई युवा पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ ५ गते । धनुषाको धनौजी गाउँपालिका- ४ स्थित भडरियाबाट पेस्तोलसहित दुई युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुवनी सिलानाथ बरही ग्राम पञ्चायत- ५ का २१ वर्षीय रुपेशकुमार यादव र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो छन् ।
बीआर ३२ एडब्ल्यू १८११ नम्बरको भारतीय मोटरसाइकलमा दुबै जना चढेर गइरहेको बेला शंका लागेर सशस्त्र प्रहरीका इन्स्पेक्टर रवीन्द्र दाहाल नेतृत्वको टोलीले चेकजाँच गरेको थियो । सो क्रममा उनीहरुको साथबाट ९ एमएम ब्राउनिङ पेस्तोल १ थान, सोको म्यागजिन १ थान र गोली राउन्ड १ थान बरामद भएको सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर धनुषाका प्रमुख एसपी दर्शन गिरीले जानकारी दिए ।
उनका अनुसार नेपाली नगद ३ हजार ४५, भारतीय नगद ८० रुपैयाँ र तीन थान मोबाइल पनि बरामद भएको छ । दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साभार ः नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
12 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
12 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले