Janakpurdham
Thu, Oct 15, 2026
`

उपभोक्ता समिति मार्फत काम गर्न मधेश प्रदेशबाट सङ्कल्प प्रस्ताव पारित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ ६ गते ।मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा सबै विकासको कामकाज खुल्ला कोटेशन मार्फत गर्ने प्रावधानलाई संशोधन गर्नका लागि प्रदेश सभामा पेश भएको सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य रुपा कुमारी यादवले पेश गर्नु भएको सङ्कल्प प्रस्तावलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा मत विभाजनको आधारमा निर्णयार्थ पेश गर्दा प्रदेश सभाको बैठकले बहुमतले पारित गरेको घोषणा गर्नु भयो ।

प्रदेश सभाको सङ्कल्प प्रस्तावमा मत विभाजन मार्फत गराउनका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले माग गरेपछि सङ्कल्प प्रस्तावका लागि मत विभाजन गरेर निर्णय गर्ने काम भएको थियो । प्रदेश सभामा उपस्थित रहेका ५९ जना प्रदेश सभा सदस्य मध्ये ४३ जनाले सङ्कल्प प्रस्तावको पक्ष तथा १६ जनाले विपक्षमा मतदान गर्नु भएको थियो ।  

सङ्कल्प प्रस्तावको पक्षमा समर्थन गर्नेहरूमा नेकपा एमाले, नेपाली काँग्रेस, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा सहितका दलले समर्थन गरेपछि बहुमतले पारित गरेको छ । यसै गरि जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र तथा सप्तरीबाट निर्वाचित भएका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्नु भएको थियो ।

मधेश प्रदेश सभाबाट बहुमतले पारित गरेको सङ्कल्प प्रस्तावपछि ५० लाखसम्मको योजना उपभोक्ता समिति मार्फत गर्न सकिने भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ लागि प्रदेश सभामा पेश गरिएको बजेट वक्तव्यको बुँदा नंं १४७ मा विकासको काम कोटेशन मार्फत हुने विषय उल्लेख भएकाले सो बुँदामा संशोधन गर्नका लागि नै सङ्कल्प प्रस्ताव ल्याइएको थियो ।

५० लाख भन्दा बढीको योजनाहरू प्रदेश सरकारले खुल्ला टेण्डर मार्फत गर्नेछ भने ५० लाखसम्मको योजनाहरू उपभोक्ता समिति मार्फत गर्ने कुरा उल्लेख रहेको छ ।

सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न विषयहरूको सम्बन्धमा सरकारको तर्फबाट मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले जवाफ दिनु भएको थियो । उहाँले नियत साफ राखेर काम गर्नेको हो भने उपभोक्ता समिति मार्फतको काम राम्रो र गुणस्तरीय हुने दाबी गर्नु भयो ।  


साभार ः रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

12 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

12 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले