मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,माघ ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गर्नुभएको छ ।
उहाँले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गर्नुभएको हो । उहाँले प्रारम्भिक किशोरावस्थामा एचपिभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राख्नुभयो ।
“सरकारको नीति तथा कार्यक्रममा एचपिभी खोप ल्याउने योजना बनाएअनुरूप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ ।”
मन्त्री पौडेलले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने बताउनुभयो । उहाँले यस अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यकता पर्ने बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सम्बन्धित सबैको सहभागिता लागि आह्वान गर्नुभयो ।
मन्त्री पौडेलद्वारा जारी विज्ञप्तिमा विद्यालय केन्द्रित खोप केन्द्रबाट उपलब्ध गराइने भएकाले लक्षित समूहका किशोरीहरूले आआफ्नो विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन अनुरोध गरिएको छ ।
किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने मन्त्रालयले जनाएको छ ।
साभार ः रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
12 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
12 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले