धनुषामा ५६ हजार भन्दा बढी किशोरीलाई क्यान्सर रोगविरुद्धको खोप लगाइने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,माघ १९ गते । धनुषा जिल्लामा क्यान्सर रोग विरुद्धमा किशोरीहरूलाई लगाउने एचपिभि खोप लगाउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा धनुषा जिल्लाका ५६ हजार २ सय ८२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख, स्वास्थ्य प्रशासक उमेश यादवले जानकारी दिनुभयो । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन ५ सय ४२ खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।
१० देखि १४ वर्षसम्मका किशोरीहरूलाई दिने यो खोप कार्यक्रम अगामी आर्थिक वर्षदेखि नियमित खोप कार्यक्रममा सहभागी हुने स्वास्थ्य कार्यालयका खोप अधिकृत रामविनोद यादवले जानकारी दिनुभयो ।
यस पटक धनुषा जिल्लाका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरूमा खोप केन्द्र रहने छन् । पहिलो चरणमा नेपाल भरिमा माघ २२ गतेबाट हुने भए पनि धनुषामा सरस्वतीको मूर्ति विसर्जन हुने भएकाले २३ गतेदेखि पहिलो चरणको अभियान शुरु गरेर २९ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, नगराईन, हंशपुर, मिथिला, गणेशमान चारनाथ नगरपालिका र मुखियापट्टी मुसहरनीया, लक्ष्मीनिया तथा वटेश्वरमा एचपिभि खोप लगाइने छ ।
दोस्रो चरणमा माघ ३० गतेदेखि फागुन ६ गतेसम्म विदेह, कमला, शहिदनगर, सवैला, धनुषाधाम, मिथिला विहारी नगरपालिका र धनौजी, औरही, जनकनन्दनी गाउँपालिकामा खोप दिने कार्यक्रम रहेको खोपका सम्पर्क व्यक्ति रामविनोद यादवले जानकारी दिनुभयो ।
साभार ः रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
10 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
10 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले