Janakpurdham
Thu, Oct 30, 2025
`

धनुषामा ५६ हजार भन्दा बढी किशोरीलाई क्यान्सर रोगविरुद्धको खोप लगाइने

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ १९ गते । धनुषा जिल्लामा क्यान्सर रोग विरुद्धमा किशोरीहरूलाई लगाउने एचपिभि खोप लगाउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा धनुषा जिल्लाका ५६ हजार २ सय ८२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख, स्वास्थ्य प्रशासक उमेश यादवले जानकारी दिनुभयो । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन ५ सय ४२ खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।

१० देखि १४ वर्षसम्मका किशोरीहरूलाई दिने यो खोप कार्यक्रम अगामी आर्थिक वर्षदेखि नियमित खोप कार्यक्रममा सहभागी हुने स्वास्थ्य कार्यालयका खोप अधिकृत रामविनोद यादवले जानकारी दिनुभयो ।

यस पटक धनुषा जिल्लाका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरूमा खोप केन्द्र रहने छन् । पहिलो चरणमा नेपाल भरिमा माघ २२ गतेबाट हुने भए पनि धनुषामा सरस्वतीको मूर्ति विसर्जन हुने भएकाले २३ गतेदेखि पहिलो चरणको अभियान शुरु गरेर २९ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, नगराईन, हंशपुर, मिथिला, गणेशमान चारनाथ नगरपालिका र मुखियापट्टी मुसहरनीया, लक्ष्मीनिया तथा वटेश्वरमा एचपिभि खोप लगाइने छ ।

दोस्रो चरणमा माघ ३० गतेदेखि फागुन ६ गतेसम्म विदेह, कमला, शहिदनगर, सवैला, धनुषाधाम, मिथिला विहारी नगरपालिका र धनौजी, औरही, जनकनन्दनी गाउँपालिकामा खोप दिने कार्यक्रम रहेको खोपका सम्पर्क व्यक्ति रामविनोद यादवले जानकारी दिनुभयो ।


साभार ः रेडियो नेपाल

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

19 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

19 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

2 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

3 दिन पहिले