Janakpurdham
Thu, Oct 15, 2026
`

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, माघ १९ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । 

निगम सञ्चालक समितिको शुक्रबार बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । 

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १।५९, डिजेलमा रु ३।५७ तथा हवाई इनधनमा रु ५।७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।


साभार ः काठमाडौं प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

10 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

10 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले