नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,माघ २२ गते । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिनुभयो ।
“विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४/६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो”, उहाँले भन्नुभयो, “विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।
प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी हो उहाँले बताउनुभयो । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस फ्लूइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।
कम्पनीले आगामी दिनमा दीर्घ रोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताउनुभयो । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उहाँको भनाइ थियो ।
दीर्घ रोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । “कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घ रोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भई अनुसन्धानको काम सुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।
साभार ः रेडियो नेपाल
राष्ट्रपतिद्वारा तीन अध्यादेश जराी
काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपत..
12 घन्टा पहिले
सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना ..
काठमाडौं, वैशाख १९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभू..
13 घन्टा पहिले
सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : ..
काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। श..
1 दिन पहिले
शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानम..
काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। ..
1 दिन पहिले
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उत..
काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्..
3 दिन पहिले
-
सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य : मन्त्री तिमिल्सिना
-
सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : सभापति थापा
-
शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह
-
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति