Janakpurdham
Thu, Sep 04, 2025
`

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौं: मन्त्री पौडेल

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

कास्की, माघ २३: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताएका छन्।

पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताए।

'वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छ,' उनले भने।

स्वास्थ्यमन्त्री पौडेलले नेपालमा पाठेघरको क्यान्सरबाट महिलाले ज्यान गुमाइरहेको अवस्थामा अहिलेका किशोरीहरूलाई खोप उपलव्ध गराएर अबदेखि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान सुरू गरिएको जानकारी दिए।

उनले क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको मन्त्री पौडेलको भनाइ छ।

पोखरा महानरपालिका क्षेत्रमा एचपिभी खोप अभियानका क्रममा करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने छ।

आगामी फागुन ६ गतेसम्म महानगरका २७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा तीन सय ४४ जना स्वास्थ्यकर्मी र ६८८ जना स्वयंसेवहरू परिचालन गरी खोप कार्यक्रम सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो।

वडाध्यक्ष सन्तोष बाँस्तोलाले वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताए। उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको पारिवारिक बिमा गर्ने गरिएको जानकारी दिए।  


साभार ः काठमाडौं प्रेस

 

`
12 comments
"अस्पताल विकास समितिमा कर्मचारी युनियन गठन"

जनकपुरधाम, भदौ १९ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड..

14 घन्टा पहिले

नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने ..

काठमाडौँ ,भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभा..

16 घन्टा पहिले

मेधावी विद्यार्थीलाई आकर्षित गर्न “विद्यार्थी माझ लोक ..

जनकपुरधाम ,भदौ १८ गते । सार्वजनिक प्रशासनलाई सक्षम तथा सबल बनाउनका लागि लोकसेवा आयोगले विभिन्न विश्व विद्यालय..

16 घन्टा पहिले

राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा ..

काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको सभाको बैठ..

2 दिन पहिले

संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री ..

काठमाडौं, भदौ १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्रै सञ्चार क्षेत्रको का..

2 दिन पहिले