Janakpurdham
Thu, Oct 30, 2025
`

जनकपुरधाममा जनकपुर साहित्य महोत्सव शुरु, गुरुदेव कामतलाई मरणोपरान्त सम्मान

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ २४ गते । जनकपुरधाममा आज देखि छैँठौ संस्करणको जनकपुर साहित्य महोत्सव शुरु भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा शुरु भएको जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्नु भएको हो । 

जनकपुरधामको राम मन्दिरमा रहेको राम वागमा शुरु भएको जनकपुर साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ । उद्घाटनमा मैथिली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिनु भएका स्वर्गीय गुरुदेव कामतलाई मरणोपरान्त उहाँका श्रीमती समुरवति कामतीलाई संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कारबाट मुख्यमन्त्री सिंहले सम्मानित गर्नु भयो । 

उक्त पुरस्कारमा १ लाख ५ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको छ । यसै गरि सोही कार्यक्रममा गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिनु भएर अहिले क्यान्सर रोगले पीडित भएर उपचारमान रहनु भएका अशोक दत्तलाई नव मिथिला फाउण्डेशनको तर्फबाट ५१ हजार सहयोग राशि संस्थाका संरक्षक एवं प्रतिनिधि सभाका सदस्य मनिष झाको तर्फबाट मुख्यमन्त्री सिंहले प्रदान गर्नु भयो । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिश कुमार सिंहले साहित्य महोत्सवले मिथिलाको साहित्य, सङ्गीत तथा संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउनमा छैटौँ संस्करण महत्वपूर्ण हुने बताउनु भयो । 

नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका सदस्यहरु दिपेन्द्र ठाकुर, रामसरोज यादव, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष सुनिल मल्लिक, मैथिली साहित्य परिषद्का अध्यक्ष जीवनाथ चौधरी सहितका वक्ताहरूले बोल्नु भएको थियो । वीरगञ्ज स्थित महावाणिज्य दूतावासका दूत देवी सहाय मिना उपस्थित रहनु भएको थियो ।  

महोत्सवमा विभिन्न विषयहरूमा संवाद, बहस, अन्तरक्रिया जस्ता कार्यक्रमहरू रहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहेको छ । महोत्सवको तीन दिनमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने जानकारी आयोजक संस्थाले जनाएको छ । 


साभार ः रेडियो नेपाल

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

19 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

19 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

2 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

3 दिन पहिले