Janakpurdham
Tue, Sep 09, 2025
`

उद्घाटन गर्ने क्रममा कसरी घाइते भएका थिए अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य ?

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

पोखरा,फागुन ३ गते । अर्थमन्त्री विष्णु पौडेलले पोखरा प्रदर्शनी केन्द्रमा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन स्विच थिचेर गरे । उद्घाटनमा अर्थमन्त्री पौडेलसहित पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरका मेयर धनराज आचार्य सहभागी थिए ।उद्घाटन गरेलगत्तै अर्थमन्त्री पाैडेल मञ्चतर्फ फर्किन लागेका थिए, तर उनलाई मेयर आचार्यले तानेर ल्याएर पोखरा भ्रमण वर्ष २०२५ लेखिएको ब्यानरसहितको बेलुन उडाउन लगाए ।

अर्थमन्त्रीलाई एउटा दिएर मेयर आचार्यले अर्को आफ्नो हातमा ल्याए । त्यतिबेलासम्म उद्घाटनका क्रममा बालेको ‘फायर वर्क्स’ बलिरहेको थियो । मेयरले ल्याएको बेलुन त्यही फायर वर्क्समाथि पर्न पुग्यो र बेलुन पड्कियो । आगोले फुटेको बेलुनका टुक्रा मेयर आचार्य र अर्थमन्त्री पौडेलको अनुहारमा परे । मेयर आचार्यले अत्तालिँदै तलतिर झरे ।

अर्थमन्त्री पौडेल भने दौड्दै स्टेजमा पुगे । त्यसपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगियो । मेयर आचार्यलाई फिस्टेल हस्पिटल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो । स्थानीय अस्पतालबाट दुवैलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।अर्थमन्त्रीको अनुहारमा सामान्य घाउ र मेयर आचार्यको गालामा चोट लागेको छ । प्रमुख अतिथि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उपप्रधान एवं अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।


साभार ः नेपाल प्रेस

`
12 comments
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

5 घन्टा पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

6 घन्टा पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

1 दिन पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

1 दिन पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

2 दिन पहिले