Janakpurdham
Fri, Feb 06, 2026
`

कलिंगा विश्वविद्यालयले फिर्ता लियो नेपाली विद्यार्थीहरूको निलम्बन

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ५ : भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यु अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको छ।

सोमबार साँझ विज्ञप्ति जारी गरेर केआइआइटीले यसअघि घोषणा गरिएको नेपाली विद्यार्थीको निलम्बन तत्काल फिर्ता लिइएको जानकारी दिएको हो।

यद्यपि केआइआइटीले उनीहरुलाई घटनाको अनुसन्धानका सम्पन्न नहुँदासम्म घर फर्किन सल्लाह दिएको छ।

नेपाली विद्यार्थीको मृत्यु भएको घटनापछि आक्रोशित भएका विद्यार्थीहरुको प्रदर्शनलाई केआइआइटीले विश्विवद्यालयलाई तनाव दिएको भनेको छ।

जबकी मृतक प्रकृति लम्साललाई तनाव दिएको भनिएको भारतीय विद्यार्थीविरूद्ध केहि दिनअगाडि नै कलेज प्रशासनमा उजुरी गरिएको सार्वजनिक भएको छ। उक्त उजुरीमा विश्वविद्यालयले छानबिन र सोधपुछसम्म नगरेको गुनासो नेपाली विद्यार्थीको छ।

उनको मृत्यु भएपछि सोही विषयलाई लिएर नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।

केआइआइटीले घटनाबारे अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाइसकिएको र जसका कारण छात्राले आत्महत्या गरेको भनिएको छ उसलाई पक्राउ गरिएपनि विद्यार्थीहरुको प्रदर्शन नरोकिएको बताएको छ।

'दस घन्टासम्म प्रदर्शन गरेर तनाव सिर्जना गरे। विश्वविद्यालय परिसरमा मात्रै होइन सडकमा समेत प्रदर्शन भएपछि हामीले उनीहरुलाई निलम्बन गरी घर जान भनेक हौं,' केआईआईटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

घटना सार्वजनिक भएपछि नेपाली दूतावासले केआइआइटी प्रशासनसँग कुरा गरेर नेपाली विद्यार्थीलाई तत्काल होस्टेलमा फर्किने व्यवस्था गर्न र उनीहरूको सुरक्षा प्रबन्ध गर्न भनेको थियो।

त्यसपछि केआइआइटीले विद्यार्थीहरुको निलम्बन फिर्ता गरेको हो।

कलेजले घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि घर जान सल्लाह दिएको छ।    

यसका साथै कलेजले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ  

‘कलेजले चाँडै विद्यार्थीहरूको कक्षा सञ्चालन गर्नेछ र होस्टेलबाट निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता गरिएको छ । यसअघिको कारबाही शान्ति र न्यायका लागि लिइएको थियो ।’

 केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको छात्रावासमा मृत्यु भएको थियो।  

 त्यसपछिका घटनाबारे विषय सोमबारको प्रतिनिधि सभा बैठकमा पनि उठेको थियो।

घटनाबारे चौतर्फी आवाज उठ्न थालेपछि भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीहरुले छात्रावास छाड्न नपर्ने जानकारी गराइसकेका छन्।  

'यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,' दूतावासले जारी गरको विज्ञप्तिमा भनिएको छ।

घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय दूतावासले जनाएको छ।

साभार ः काठमाडौ प्रेस

`
12 comments
कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन..

माेरङ, माघ २२ : नेपाली काङ्ग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र स..

13 घन्टा पहिले

देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घि..

जनकपुर, माघ २२ : पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल प..

13 घन्टा पहिले

काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, क..

काठमाडौं, माघ २१ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सक..

1 दिन पहिले

आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग..

काठमाडौं, माघ २२ : आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास ख..

1 दिन पहिले

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं, माघ २१ : राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार जापान टोक..

1 दिन पहिले