Janakpurdham
Mon, Sep 08, 2025
`

कलिंगा विश्वविद्यालयले फिर्ता लियो नेपाली विद्यार्थीहरूको निलम्बन

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ५ : भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यु अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको छ।

सोमबार साँझ विज्ञप्ति जारी गरेर केआइआइटीले यसअघि घोषणा गरिएको नेपाली विद्यार्थीको निलम्बन तत्काल फिर्ता लिइएको जानकारी दिएको हो।

यद्यपि केआइआइटीले उनीहरुलाई घटनाको अनुसन्धानका सम्पन्न नहुँदासम्म घर फर्किन सल्लाह दिएको छ।

नेपाली विद्यार्थीको मृत्यु भएको घटनापछि आक्रोशित भएका विद्यार्थीहरुको प्रदर्शनलाई केआइआइटीले विश्विवद्यालयलाई तनाव दिएको भनेको छ।

जबकी मृतक प्रकृति लम्साललाई तनाव दिएको भनिएको भारतीय विद्यार्थीविरूद्ध केहि दिनअगाडि नै कलेज प्रशासनमा उजुरी गरिएको सार्वजनिक भएको छ। उक्त उजुरीमा विश्वविद्यालयले छानबिन र सोधपुछसम्म नगरेको गुनासो नेपाली विद्यार्थीको छ।

उनको मृत्यु भएपछि सोही विषयलाई लिएर नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।

केआइआइटीले घटनाबारे अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाइसकिएको र जसका कारण छात्राले आत्महत्या गरेको भनिएको छ उसलाई पक्राउ गरिएपनि विद्यार्थीहरुको प्रदर्शन नरोकिएको बताएको छ।

'दस घन्टासम्म प्रदर्शन गरेर तनाव सिर्जना गरे। विश्वविद्यालय परिसरमा मात्रै होइन सडकमा समेत प्रदर्शन भएपछि हामीले उनीहरुलाई निलम्बन गरी घर जान भनेक हौं,' केआईआईटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

घटना सार्वजनिक भएपछि नेपाली दूतावासले केआइआइटी प्रशासनसँग कुरा गरेर नेपाली विद्यार्थीलाई तत्काल होस्टेलमा फर्किने व्यवस्था गर्न र उनीहरूको सुरक्षा प्रबन्ध गर्न भनेको थियो।

त्यसपछि केआइआइटीले विद्यार्थीहरुको निलम्बन फिर्ता गरेको हो।

कलेजले घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि घर जान सल्लाह दिएको छ।    

यसका साथै कलेजले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ  

‘कलेजले चाँडै विद्यार्थीहरूको कक्षा सञ्चालन गर्नेछ र होस्टेलबाट निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता गरिएको छ । यसअघिको कारबाही शान्ति र न्यायका लागि लिइएको थियो ।’

 केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको छात्रावासमा मृत्यु भएको थियो।  

 त्यसपछिका घटनाबारे विषय सोमबारको प्रतिनिधि सभा बैठकमा पनि उठेको थियो।

घटनाबारे चौतर्फी आवाज उठ्न थालेपछि भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीहरुले छात्रावास छाड्न नपर्ने जानकारी गराइसकेका छन्।  

'यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,' दूतावासले जारी गरको विज्ञप्तिमा भनिएको छ।

घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय दूतावासले जनाएको छ।

साभार ः काठमाडौ प्रेस

`
12 comments
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

6 घन्टा पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

6 घन्टा पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

1 दिन पहिले

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..

1 दिन पहिले

आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..

1 दिन पहिले