सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन
8 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन ८ : नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ। प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध जनाएको हो।
युनियनकर्मीले विहीवार सामाजिक संञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रर्दशन गरेका हुन्।
विरोध प्रर्दशनमा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आम नागकिकहरुको मौलिक अधिकारलाई कुन्ठित गर्ने काम भएको बताए।
उनले सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरुसँग छलफल गरेर पुर्नलेखन नगरे स्वीकार गर्न नसकिने पनि बताए।
‘अब हामी सडकमा आउन बाध्य भएका छौ। विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरुसँग छलफल गरेर पुन लेखन गरिएन भने विधेयक स्वीकार गर्न सकिँदैन,’ उनले भनिन्, ‘त्यसकारण हामी मात्र होइन प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको पक्षमा काम गर्ने, आम सञ्चारको क्षेत्रमा काम गर्ने र नयाँ मिडियामा काम गर्ने सबै साथीहरुलाई आन्दोलनमा सरिक हुन आग्रह गर्दछु। मिडिया काउन्सिल विधेयक पनि संशोधन गर्न जरुरी छ।’
विरोध प्रदर्शन युनियनका काठमाडौं अध्यक्ष महेश्वर गौतमले सरकारले विधेयकमार्फत सामाजिक संजाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेकाले प्रदर्शनमा उत्रिनु परेको बताए।
प्रदर्शनकारीले सामाजिक संजाल विधेयक २०८१ फिर्ता गर, नियमनका नाममा नियन्त्रण सहँदैनौं, होसियार ! आलोचना गर्ने अधिकार खोस्न पाइँदैन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन्, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश, मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गरलगायतका प्ले कार्ड बोकेका थिए।
साभार : काठमाडौं प्रेस
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
15 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
15 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
2 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
3 दिन पहिले