सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन ८ : नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ। प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध जनाएको हो।
युनियनकर्मीले विहीवार सामाजिक संञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रर्दशन गरेका हुन्।
विरोध प्रर्दशनमा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आम नागकिकहरुको मौलिक अधिकारलाई कुन्ठित गर्ने काम भएको बताए।
उनले सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरुसँग छलफल गरेर पुर्नलेखन नगरे स्वीकार गर्न नसकिने पनि बताए।
‘अब हामी सडकमा आउन बाध्य भएका छौ। विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरुसँग छलफल गरेर पुन लेखन गरिएन भने विधेयक स्वीकार गर्न सकिँदैन,’ उनले भनिन्, ‘त्यसकारण हामी मात्र होइन प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको पक्षमा काम गर्ने, आम सञ्चारको क्षेत्रमा काम गर्ने र नयाँ मिडियामा काम गर्ने सबै साथीहरुलाई आन्दोलनमा सरिक हुन आग्रह गर्दछु। मिडिया काउन्सिल विधेयक पनि संशोधन गर्न जरुरी छ।’
विरोध प्रदर्शन युनियनका काठमाडौं अध्यक्ष महेश्वर गौतमले सरकारले विधेयकमार्फत सामाजिक संजाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेकाले प्रदर्शनमा उत्रिनु परेको बताए।
प्रदर्शनकारीले सामाजिक संजाल विधेयक २०८१ फिर्ता गर, नियमनका नाममा नियन्त्रण सहँदैनौं, होसियार ! आलोचना गर्ने अधिकार खोस्न पाइँदैन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन्, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश, मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गरलगायतका प्ले कार्ड बोकेका थिए।
साभार : काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
7 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
7 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले