Janakpurdham
Wed, Oct 29, 2025
`

जनकपुरधामको रामसागर क्याम्पसमै कर्मचारीहरुबीच कुटाकुट, दोषीमाथि कारबाहीको माग

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन १२ गते । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा एमबीएस परीक्षाको जिम्मेवारी हेरफेर गर्ने विषयमा विवाद भएपछि कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादवबीच कुटाकुट भएको हो । उनीहरु एकअर्कालाई मुक्का हानेपछि अन्य कर्मचारीहरु पनि मिसिएका थिए ।

कुटाकुटको क्रममा कर्मचारी सुरेन्द्रको टाउकोमा चोट लागेको छ । अन्यको अवस्था सामान्य रहेको छ । प्रहरी गरेपछि विवाद साम्य गरेको र एकजनालाई बढी चोट लागेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

क्याम्पस प्रमुख कर्णले एमबीएस शाखाका प्रमुख अभिराम रायलाई हटाएर अन्यलाई जिम्मेवारी दिने विषयमा विवाद भएपछि कर्मचारीहरु आपसमा कुटाकुट गरेको बुझिएको छ । सो विषयमा बुझ्न क्याम्पस प्रमुख कर्णसँग सम्पर्क गर्दा हुन सकेन । 

टाउकोमा चोट लागेर घाईते भएका सुरेन्द्र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष हुन् ।संगठनका उपाध्यक्ष यादव सहित का कर्मचारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि सांघातिक आक्रमण भएको भन्दै माओवादी मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले सो घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारवाहीको माग गरेका छन् ।

धनुषाका प्रहरी प्रमुख एसपी तिवारीले क्याम्पसमा के विषयमा विवाद भएको भन्ने थाहा नभएको र दुवै पक्षलाई राखेर विवाद समाधानको प्रयासमा लागेको जानकारी दिए ।


साभार : नेपाल प्रेस

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

3 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

3 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले