Janakpurdham
Wed, Oct 29, 2025
`

पशुपतिमा महाशिवरात्रीको तयारी पूरा, महाकुम्भको कारण दर्शनार्थी बढ्ने कोषको अपेक्षा

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,फागुन १२ गते । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८१ को तयारी पूरा भएको जनाएको छ ।कोषले आज पत्रकार सम्मेलनमा गरी बुधबार पर्न गएका महाशिवरात्रिको तयारी पूरा भएको जानकारी दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति २०८१’ गठन गरिएको छ । मूल समिति अन्तर्गत १० वटा विभिन्न विषयगत उपसमितिहरूको गठन गरिएको कोषले जनाएको छ ।

लाखाैं संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्जनहरुलाई मध्यनजर गर्दै  सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्दै दर्शनकाे व्यवस्थालाई थप प्रभावकारी बनाउन काेषले उपसमितिहरुकाे गठन गरिएकाे  जनाएकाे  छ ।

 मन्दिर दर्शन, चन्दन वितरण एंव रात्रिकालिन व्यवस्था देवाधिदेव महादेव आशुतोष भगवान पशुपतिनाथको नित्य र नैमित्तिक परम्परा नरोकिने गरि सबै दर्शनार्थीहरूका लागि चारैवटा प्रवेशद्वारबाट प्रवेश, दर्शन पूजन चन्दन ग्रहण बहिर्गमन एंव रात्रिकालिन अर्चनाको व्यवस्था मिनइएको कोषका परिषद् सदस्य एंव संयोजक राजकुमार खत्रीले बताए । उनले ७ हजार बढी सुरक्षाकर्मी खटाइने बताए ।

यस वर्ष महाशिवरात्रिमा साधुसन्तलगायत भारतीय दर्शनार्थी बढी आउने कोषले बताएको छ । भारतको प्रयागमा भइरहेको कुम्भमेलाको कारण यस वर्ष गत वर्षभन्दा बढी साधुसन्त पशुपतिनाथ आउने कोषका परिषद् सदस्य एंव संयोजक खत्रीले बताए । साथै, यस वर्ष काँच र  प्लाष्टिककाे प्रयाेगलाई पूर्ण निषेध गरिएकाे छ ।

यस वर्ष १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ भने शिवरात्रिलाई लक्षित गरेर मलेसिया, श्रीलंका, भारतलगायतबाट दर्शनार्थी आउने कोषको अपेक्षा गरिएको छ ।

कोषका सुरक्षा व्यवस्था उपसमिति एवं सदस्य सचिव डा. मिलन कुमार थापाका अनुसार महाशिवरात्रिका दिन पशुपतिमा २ सेकेन्डमा १० जनाले दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको बताए । उनका अनुसार मन्दिर बिहान साढे २ बाट खुल्नेछ भने दर्शनार्थीको लागि ३६ घण्टा मन्दिर खुला गरिनेछ ।

त्यस्तै यस वर्ष ५ लाख बढी दर्शनार्थीले मन्दिर दर्शन गर्ने कोषको अनुमान छ । दर्शन गर्नका लागि बाहिर ४ वटा लाइनको व्यवस्था गरिएको छ भने भित्रको लागि पासको व्यवस्था नभएको कोषले जनाइएको छ । यस वर्ष मन्दिर परिसरमा भने फूलको सजावट नहुने भएको छ।


साभार : नेपाल प्रेस

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

3 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

3 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले