पशुपतिमा महाशिवरात्रीको तयारी पूरा, महाकुम्भको कारण दर्शनार्थी बढ्ने कोषको अपेक्षा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,फागुन १२ गते । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८१ को तयारी पूरा भएको जनाएको छ ।कोषले आज पत्रकार सम्मेलनमा गरी बुधबार पर्न गएका महाशिवरात्रिको तयारी पूरा भएको जानकारी दिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति २०८१’ गठन गरिएको छ । मूल समिति अन्तर्गत १० वटा विभिन्न विषयगत उपसमितिहरूको गठन गरिएको कोषले जनाएको छ ।
लाखाैं संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्जनहरुलाई मध्यनजर गर्दै सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्दै दर्शनकाे व्यवस्थालाई थप प्रभावकारी बनाउन काेषले उपसमितिहरुकाे गठन गरिएकाे जनाएकाे छ ।
यस वर्ष महाशिवरात्रिमा साधुसन्तलगायत भारतीय दर्शनार्थी बढी आउने कोषले बताएको छ । भारतको प्रयागमा भइरहेको कुम्भमेलाको कारण यस वर्ष गत वर्षभन्दा बढी साधुसन्त पशुपतिनाथ आउने कोषका परिषद् सदस्य एंव संयोजक खत्रीले बताए । साथै, यस वर्ष काँच र प्लाष्टिककाे प्रयाेगलाई पूर्ण निषेध गरिएकाे छ ।
यस वर्ष १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ भने शिवरात्रिलाई लक्षित गरेर मलेसिया, श्रीलंका, भारतलगायतबाट दर्शनार्थी आउने कोषको अपेक्षा गरिएको छ ।
कोषका सुरक्षा व्यवस्था उपसमिति एवं सदस्य सचिव डा. मिलन कुमार थापाका अनुसार महाशिवरात्रिका दिन पशुपतिमा २ सेकेन्डमा १० जनाले दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको बताए । उनका अनुसार मन्दिर बिहान साढे २ बाट खुल्नेछ भने दर्शनार्थीको लागि ३६ घण्टा मन्दिर खुला गरिनेछ ।
त्यस्तै यस वर्ष ५ लाख बढी दर्शनार्थीले मन्दिर दर्शन गर्ने कोषको अनुमान छ । दर्शन गर्नका लागि बाहिर ४ वटा लाइनको व्यवस्था गरिएको छ भने भित्रको लागि पासको व्यवस्था नभएको कोषले जनाइएको छ । यस वर्ष मन्दिर परिसरमा भने फूलको सजावट नहुने भएको छ।
साभार : नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
7 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
7 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले