जनकपुरधाम उप–महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १३ गते । मिथिलाको महाकुम्भको रुपमा चिनिने मिथिला मध्यमा परिक्रमालाई ध्यानमा राखी जनकपुरधाम उप–महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह मंगलवार एका विहानै झारु लिएर हनुमान गढीमा देखिए । उनी उपमहानगरपालिकाको वडा नं. १२ स्थित हनुमान गढीमा मन्दिर वरिपरि सरसफाईमा व्यस्त देखिए । फोहरमैला सडकमै फ्याक्ने परिपाटी अहिले सम्म नबदलेका कारण दिनहुँ सडक फोहर हुनुको साथै दुर्गन्धित हुने गरेका छन् । सडकको सरसफाई संगै पानीले धोएर सडकमा रहेका बालुवाहरु समेत हटाइएको छ । स्थानीयहरुसंगै जनकपुरधाम उप– महानगरपालिकाका कर्मचारीहरु समेत सो सरसफाई कार्यमा सहभागी भएका थिए ।
लैण्डफिल्ड साइट निर्धारण हुन नसकेपछि फोहर व्यवस्थापनका समस्या खेपी रहेका जनकपुरधाम उप–महानगरपालिका अस्थायी व्यवस्थापनको व्यवस्था गरिएपनि दिनै पिच्छै समस्या आउने गरेका छन् । एडिवीको ऋण सहयोगमा बनेको जनकपुरधामका चम्कीला सडकहरु बिगतमा फोहरका कारण दुर्गन्धित हुने गरेको समय नगर प्रमुख साहले सरसफाईलाई तिव्रता दिएपछि निकै नै सुधार देखिएको छ । लैण्डफिल्ड साइट व्यवस्थापनमा राजनीतिक दलका नेताहरुले आफ्ना निहित स्वार्थमा फसेर ल्याण्डफिल्ड साइट निर्धारण गर्न समस्या भएको नगर प्रमुख साहले बताए । लैण्डफिल्ड साइड निर्धारण नभएकै कारण फोहर व्यवस्थापन गर्न कठिनाइ भई रहेको भएपनि उप–महानगरका मेयर साहले बैकल्पिक व्यवस्थाहरु गर्दै आई रहेका छन् । मिथिलामध्यमा परिक्रमा आगामी बिहीबारदेखि सुरु हुँदै छ । मिथिलाको महाकुम्भको रुपमा चिनिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै परिक्रमा सुरु हुनेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ । नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरुको परिक्रमा गर्ने गरिन्छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन् ।
बिहीबार कचुरीबाट निस्कने परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगेर विश्राम गर्नेछन् । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ । पुनः भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै १४ औँ दिन फागुन २९ गते जनकपुरधाम फर्कने छ । चैत १ गते अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुनेछ ।
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
7 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
7 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले