जनकपुरधाम उप–महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता
8 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १३ गते । मिथिलाको महाकुम्भको रुपमा चिनिने मिथिला मध्यमा परिक्रमालाई ध्यानमा राखी जनकपुरधाम उप–महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह मंगलवार एका विहानै झारु लिएर हनुमान गढीमा देखिए । उनी उपमहानगरपालिकाको वडा नं. १२ स्थित हनुमान गढीमा मन्दिर वरिपरि सरसफाईमा व्यस्त देखिए । फोहरमैला सडकमै फ्याक्ने परिपाटी अहिले सम्म नबदलेका कारण दिनहुँ सडक फोहर हुनुको साथै दुर्गन्धित हुने गरेका छन् । सडकको सरसफाई संगै पानीले धोएर सडकमा रहेका बालुवाहरु समेत हटाइएको छ । स्थानीयहरुसंगै जनकपुरधाम उप– महानगरपालिकाका कर्मचारीहरु समेत सो सरसफाई कार्यमा सहभागी भएका थिए ।
लैण्डफिल्ड साइट निर्धारण हुन नसकेपछि फोहर व्यवस्थापनका समस्या खेपी रहेका जनकपुरधाम उप–महानगरपालिका अस्थायी व्यवस्थापनको व्यवस्था गरिएपनि दिनै पिच्छै समस्या आउने गरेका छन् । एडिवीको ऋण सहयोगमा बनेको जनकपुरधामका चम्कीला सडकहरु बिगतमा फोहरका कारण दुर्गन्धित हुने गरेको समय नगर प्रमुख साहले सरसफाईलाई तिव्रता दिएपछि निकै नै सुधार देखिएको छ । लैण्डफिल्ड साइट व्यवस्थापनमा राजनीतिक दलका नेताहरुले आफ्ना निहित स्वार्थमा फसेर ल्याण्डफिल्ड साइट निर्धारण गर्न समस्या भएको नगर प्रमुख साहले बताए । लैण्डफिल्ड साइड निर्धारण नभएकै कारण फोहर व्यवस्थापन गर्न कठिनाइ भई रहेको भएपनि उप–महानगरका मेयर साहले बैकल्पिक व्यवस्थाहरु गर्दै आई रहेका छन् । मिथिलामध्यमा परिक्रमा आगामी बिहीबारदेखि सुरु हुँदै छ । मिथिलाको महाकुम्भको रुपमा चिनिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै परिक्रमा सुरु हुनेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ । नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरुको परिक्रमा गर्ने गरिन्छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन् ।
बिहीबार कचुरीबाट निस्कने परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगेर विश्राम गर्नेछन् । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ । पुनः भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै १४ औँ दिन फागुन २९ गते जनकपुरधाम फर्कने छ । चैत १ गते अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुनेछ ।
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
6 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
6 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
1 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले