जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,फागुन १४ गते । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।
जनकपुरधामको वडा नंं ८ मा रहेको मैथिली विकास कोषको भवनमा हुने महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म चल्ने उहाँले बताउनुभयो । चलचित्र महोत्सवमा १ सय १४ भन्दा बढी देशका ३ हजार ५ सय आवेदन प्रदर्शनका लागि प्राप्त भए पनि छनौट भएका १० विधाका ७८ वटा चलचित्र प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुन लागेको छ । महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुका साथै युवा फिल्मकर्मीहरूलाई उत्प्रेरित गर्ने तथा संस्कृतिक विविधताको प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा स्थानीय मैथिली, भोजपुरी तथा अवधि सहितका भाषाका फिल्म क्षेत्रीय रुपमा प्रदर्शन गरिने छ । यसका साथै नेपाली, हिन्दी, अङ्ग्रेजी, फ्रेन्च, स्पेनिससहितका अन्य भाषाहरूमा फिल्म प्रदर्शन गरिने छ ।
त्यस्तै लघु तथा फिचर फिल्म महोत्सवमा प्रदर्शन गरिनुका साथै नेपालका अतिरिक्त भारत, इरान, स्पेन, फ्रान्स, ब्राजिल, बेलायत, चीन, अमेरिकासहितका देशहरूका चलचित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको सबै कार्यक्रमहरू कोषको नाटक घरसहित सोही भवनमा रहेका अन्य साना तीन वटा सभाकक्षमा हुने र महोत्सवमा कूल ६२ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागी चलचित्र मध्ये सर्वोत्कृष्ट हुने १० वटा चलचित्रलाई अवार्डसहित नगद पुरस्कार प्रदान गरिने संवाद फाउण्डेशनका अध्यक्ष भाष्करले जानकारी दिनुभयो ।
साभार : नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
7 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
7 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले