
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा
5 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,फागुन १४ गते । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।
जनकपुरधामको वडा नंं ८ मा रहेको मैथिली विकास कोषको भवनमा हुने महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म चल्ने उहाँले बताउनुभयो । चलचित्र महोत्सवमा १ सय १४ भन्दा बढी देशका ३ हजार ५ सय आवेदन प्रदर्शनका लागि प्राप्त भए पनि छनौट भएका १० विधाका ७८ वटा चलचित्र प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुन लागेको छ । महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुका साथै युवा फिल्मकर्मीहरूलाई उत्प्रेरित गर्ने तथा संस्कृतिक विविधताको प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा स्थानीय मैथिली, भोजपुरी तथा अवधि सहितका भाषाका फिल्म क्षेत्रीय रुपमा प्रदर्शन गरिने छ । यसका साथै नेपाली, हिन्दी, अङ्ग्रेजी, फ्रेन्च, स्पेनिससहितका अन्य भाषाहरूमा फिल्म प्रदर्शन गरिने छ ।
त्यस्तै लघु तथा फिचर फिल्म महोत्सवमा प्रदर्शन गरिनुका साथै नेपालका अतिरिक्त भारत, इरान, स्पेन, फ्रान्स, ब्राजिल, बेलायत, चीन, अमेरिकासहितका देशहरूका चलचित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको सबै कार्यक्रमहरू कोषको नाटक घरसहित सोही भवनमा रहेका अन्य साना तीन वटा सभाकक्षमा हुने र महोत्सवमा कूल ६२ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागी चलचित्र मध्ये सर्वोत्कृष्ट हुने १० वटा चलचित्रलाई अवार्डसहित नगद पुरस्कार प्रदान गरिने संवाद फाउण्डेशनका अध्यक्ष भाष्करले जानकारी दिनुभयो ।
साभार : नेपाल प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
10 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
10 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
1 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
1 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
2 दिन पहिले