
नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, फागुन १५ गते । नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमामा आज देखि हेल्पडेस्क सञ्चालन गरिएको छ।हेल्प डेस्क नेपाल तर्फ पर्ने 11 बासामा संचालन गर्ने क्लोथ बैंक को कार्यालय सचिव कृष्ण कुमार साहले बताउनु भयो
आजको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झा को संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुर को विशेष उपस्थिति रहेको थियो। सिअहेब दिलीप मिश्र सहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झा ले मिथिला मध्यमा परिक्रमा को उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पार्नु भएको थियो।
संस्थाद्वारा प्रत्येक बर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग,पानी,गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइ रहेको छ संस्थाको प्रबक्ता संचारकर्मी प्रमोद कुमार साहले बताउनु भएको छ।

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
5 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
5 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
1 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
1 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले