
एकल महिला समूह जनकपुरधाममा कार्यक्षेत्र विस्तार गर्दै
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम फागुन १५ गते । एकल महिला, सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको अधिकारका लागि जनकपुरधामको सबै वडामा समिति विस्तार गरी अधिकारका लागि सक्रिय भएका छन् । मानव अधिकारका लागि महिला, एकल मिहला समुहले बिहिबार जनकपुरधाममा परियोजनाको सुरुवात गर्दै विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितीमा कार्यक्रम सुरु गरेको छ । विगत तीन वर्ष देखि धनुषाका क्षिरेश्वरनाथ नगरपालिकामा काम गर्दै आएका ति समुहले जनकपुरधाम उपमहानगरपालिका भित्रका सबै वडामा रहेका एकल महिला ,सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको सवाललाई सम्बोधन गर्न वडास्तरमा बजेट सहितको कार्यक्रम गर्न तयारी गरेको एकल महिला समुहका धनुषा अध्यक्ष सुभद्रा आलेले जानकारी दिनुभयो ।
कुर्भे वेस्ट्रोको आर्थिक सहयोगमा तीन वर्षे परियोजना सञ्चालन भएका जानकारी दिदै उहाँले एकल महिलाको अधिकार र शसक्तिकरणका लागि वकाल तथा पैरवी गर्ने परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनु भयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा भएको सो परियोजना उद्घाटन कार्यक्रममा बोल्दै सहभागीहरुले समाजमा रहेका एकल महिला तथा अन्य सिमान्तकृत महिलाहरुले भोग्दै आएका असमानतालाई वडास्तरबाट नै पहिचान गरी ती समस्याहरुको समाधान गर्न यो परियोजनाले सहयोग गर्ने जनाएका थिए । सो परियोजनाबारे जानकारी दिदै एकला महिला समुहका प्रादेशिक कार्यालय प्रमुख आरती मण्डलले अबको केहि दिनमै जनकपुरधामको २५ वटै वडामा रहेका ती महिलाहरुको समुह बनाई परियोजनात्मक कार्यलाई अगाडी बढाउने जानकारी दिनुभयो । उक्त कार्यक्रममा धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी,ईन्सेक मधेश प्रदेश प्रमुख राजु पासमान, एडभोकेसी फोरमका प्रमुख राजकुमार महासेठ,जनकपुरधाम उमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, एकल , सिमान्तकृत तथा द्वन्द्व पिडत महिलाहरु लगायतका सरोकारबलाहरुको उपस्थिती रहेको थियो ।

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
6 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
6 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
1 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
1 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले