Janakpurdham
Thu, Jun 20, 2024
`

टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।यो ग्रुपबाट साबिक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।१९ ओभर ४ बल खेलेर इङ्गल्यान्डले १४२ रनको लक्ष्य भेटाएको थियो । इङ्गल्यान्डका लागि एलेक्स हालेसले ४७ रन बनाए । बेन स्टोक्सले ४२ रनमा अविजित रहे ।श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । इङ्गल्यान्डका मार्क उडले ३ विकेट लिए । साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

जनकपुरधाम, असार ६ गते । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साह नियुक्त भएका छन् ।जनकपुर..

4 घन्टा पहिले

सर्लाहीको बागमतीमा यात्रुबाहक बस लरीमा ठोक्किँदा तीन ज..

सर्लाही, असार ६ गते । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ..

4 घन्टा पहिले

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपा..

महोत्तरी , असार ६ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विक..

4 घन्टा पहिले

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनस..

काठमाडौं ,जेठ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्म..

1 दिन पहिले

बजेट विनियोजनमा हस्तक्षेप गरी पुनर्लेखन गर्न कांग्रेसक..

काठमाडौं, असार ५ : नेपाली कांग्रेसले शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लग..

1 दिन पहिले