Janakpurdham
Sun, Oct 19, 2025
`

नास्टलाई ४० करोडको बजेट स्वीकृत

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले आर्थिक वर्ष २०७७/०७८का लागि ४० करोडको बजेट स्वीकृत गरेको छ ।

नेपाल सरकारको ३९ करोड ८ लाख, वैदेशिक तथा अन्य सहयोगबाट २१ लाख ९५ हजार तथा आन्तिरक स्रोतबाट ७० लाख गरेर कूल ३९ करोड ९९ लाख ९५ हजारको प्रस्तावित कार्यक्रम बजेटलाई स्वीकृति दिने निर्णय गरेको हो ।

प्राज्ञ सभाले प्रतिष्ठानको प्रदेश तहमा विशिष्टता सहितको अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालन नियमावली सम्बन्धी मस्यौदालाई २ महिनाभित्र परिमार्जन गरी ४५औं प्राज्ञ सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्राज्ञ सभामा नास्टका उपलकुलपति सुनिलबाबु श्रेष्ठले सेन्टर्स अफ एक्सिलेन्स, प्रविधि परीक्षण एवं सर्टिफिकेसन केन्द्रको स्थापना, राष्ट्रिय विज्ञान, प्रविधि, नवप्रवर्तन ज्ञान केन्द्रको स्थापना गर्नुका साथै लोबुचेस्थित पिरामिड प्रयोगशालालाई अन्तराष्ट्रिय उच्च पर्वतीय अनुसन्धान केन्द्रमा रुपान्तरण गरी सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

यसैबीच, नास्टको ४४औं प्राज्ञ सभाले २०७७ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्राज्ञ सभाले पोखरेलसहित विज्ञान प्रविधिका ११ भिन्न विधाका १७ व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसार डब्लूडब्लूएफलाई प्रकृति संरक्षण पुरस्कार, राष्ट्रिय आविष्कार केन्द्रलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, वातावरण अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठलाई विज्ञान पुरस्कार, शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई प्रविधि पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

`
12 comments
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..

काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..

15 घन्टा पहिले

तिहार आजबाट सुरु

काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..

15 घन्टा पहिले

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..

2 दिन पहिले

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..

2 दिन पहिले

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

3 दिन पहिले