मिथिला मध्यमा परिक्रमामा हेल्पडेस्क सञ्चालन, हजारौंले सेवा लिएकाे
8 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १९ गते । मिथिला मध्यमा परिक्रमाका श्रद्धालु भक्तजनहरूको सुविधाका लागि नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषा को संयुक्त आयोजनामा सञ्चालन भइरहेको हेल्पडेस्क आज मठियानीमा सञ्चालन भयो।
कार्यक्रममा संस्थाका अध्यक्ष डा राजीव झा सहित कार्यक्रम संयोजक दिपक यादव, रास्ट्रीय मुक्ति पार्टी का नेता बिनोद कुमार ठाकुर,क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्ण कुमार साह र खुला सिमा संवाद समुहका मधुवनी प्रतिनिधि बिपिन झा को प्रमुख उपस्थिति रहेको थियो।
आज मध्यान्ह १२ बजे देखि सञ्चालन भएको शिविरमा २००० भन्दा बढी श्रद्धालुहरूले औषधि लिएका छन्, भने ३०० भन्दा बढी हराएका व्यक्तिहरूको खोजतलासका लागि माइकिङ गरिएको छ। साथै, पानी,चाय वितरण र व्यवस्थित यात्राका लागि सयौं तीर्थयात्रीहरूलाई काउन्सिलिङ गरेको हेल्पडेस्कका संयोजक दिपक यादव ले जानकारी गराए। नेपाल भारतको एतिहासिक र पौराणिक समबन्ध परिक्रमा को महत्व तथा खुला सिमा को अपरिहार्यता र अनिवार्यता माथी नेपाल भारत खुला सिमा संवाद समुहका अध्यक्ष डा राजीव झाले प्रकाश परेका थिए।
हेल्पडेस्कको यो सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै,ध्रुबकुण्ड,कंचनबन,पर्बता,धनुषाधाम,औरही लगायतका स्थानहरुमा पनि निरन्तर जारी रहने सहभागी धनेश्वर ठाकुरले बताएका छन्।
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
7 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
7 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
1 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले