Janakpurdham
Wed, Oct 29, 2025
`

‘समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउन बुद्धिजीवीको साथ जरुरी’

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फागुन १९ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली अभियान नेपाली मोडेल भएकाले यसलाई सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् धनुषाको छैटौँ जिल्ला अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान प्रधानमन्त्री एवं सरकारले घोषणा गरेको सो अभियान अनुसार मुलुकमा विकास निर्माण सहितको काम भइरहेको बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउन बुद्धिजीवीहरूको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामुदायिक विद्यालय, कलेजको अवस्था कमजोर भएको, कृषि क्षेत्र पछाडि परेको र मुलुकका धेरै कृषि योग्य जग्गा बाँझो अवस्थामा नै रहेकाले यी सबैको सुधारका लागि  बुद्धिजीवीहरू गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरीयाले देश बनाउने अभियानमा नेकपा एमाले नेतृत्वको सरकार लागिपरेको बताउँदै यसको उदाहरणको रुपमा रहेको सुरुङ मार्गको निर्माण, सडक, रेल तथा अन्य क्षेत्रमा धेरै राम्रा राम्रा काम भइरहेको बताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद् धनुषाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का प्रदेश अध्यक्ष डा. अर्जुन सिंह, नेकपा एमाले धनुषाका उपाध्यक्ष भोला यादव, प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले बोल्नुभएको थियो ।  

साभार : रेडियो नेपाल

 

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

6 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

7 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले