Janakpurdham
Wed, Oct 14, 2026
`

‘समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउन बुद्धिजीवीको साथ जरुरी’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फागुन १९ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली अभियान नेपाली मोडेल भएकाले यसलाई सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् धनुषाको छैटौँ जिल्ला अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान प्रधानमन्त्री एवं सरकारले घोषणा गरेको सो अभियान अनुसार मुलुकमा विकास निर्माण सहितको काम भइरहेको बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउन बुद्धिजीवीहरूको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामुदायिक विद्यालय, कलेजको अवस्था कमजोर भएको, कृषि क्षेत्र पछाडि परेको र मुलुकका धेरै कृषि योग्य जग्गा बाँझो अवस्थामा नै रहेकाले यी सबैको सुधारका लागि  बुद्धिजीवीहरू गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरीयाले देश बनाउने अभियानमा नेकपा एमाले नेतृत्वको सरकार लागिपरेको बताउँदै यसको उदाहरणको रुपमा रहेको सुरुङ मार्गको निर्माण, सडक, रेल तथा अन्य क्षेत्रमा धेरै राम्रा राम्रा काम भइरहेको बताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद् धनुषाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का प्रदेश अध्यक्ष डा. अर्जुन सिंह, नेकपा एमाले धनुषाका उपाध्यक्ष भोला यादव, प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले बोल्नुभएको थियो ।  

साभार : रेडियो नेपाल

 

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

6 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

6 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले