नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन
8 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन २३ गते । नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमामा आज देखि हेल्पडेस्क सञ्चालन गरिएको छ।हेल्प डेस्क नेपाल तर्फ पर्ने 11 बासामा संचालन गर्ने क्लोथ बैंक को कार्यालय सचिव कृष्ण कुमार साहले बताउनु भयो
आजको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झा को संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुर को विशेष उपस्थिति रहेको थियो। सिअहेब दिलीप मिश्र सहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झा ले मिथिला मध्यमा परिक्रमा को उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पार्नु भएको थियो।
संस्थाद्वारा प्रत्येक बर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग,पानी,गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइ रहेको छ संस्थाको प्रबक्ता संचारकर्मी प्रमोद कुमार साहले बताउनु भएको छ।
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
3 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
3 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
1 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले