Janakpurdham
Wed, Oct 14, 2026
`

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

डोटी, फागुन २४  : गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उदघाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन्।‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन,’ उनले भने। लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताए।

‘आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन्। नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ,’ उनले भने।

लोकतन्त्रकाविरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको गृहमन्त्री लेखकको भनाई छ। समाज विकासको विज्ञानले समाजपछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ। उनले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिए।  

साभार : काठमडौं प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

6 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

6 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले