रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
8 महीना पहिले प्रकाशित
Esandhyakalin
सिरहा, फागुन २४ : सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन्।
रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन्। अन्य चार जनाको नाम जाहेरीमा किटान नभएपनि उनीहरु पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ।
चन्देश्वर, रामविनोद र कमलेश फागुन ११ मै पक्राउ गरे। बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा प्रहरीले पक्राउ गर्न सफल भयो। अन्य चार जनालाई आज बिहान लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
घटनामा संलग्न चार जना अझै फरार छन्। उनीहरुको पनि खोजतालस भइरहेको र छिट्टै पक्राउ पर्ने सिरहा प्रहरीले जनाएको छ।
साभार : काठमडौं प्रेस
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
3 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
3 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
1 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले