Janakpurdham
Wed, Oct 14, 2026
`

रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सिरहा, फागुन २४ : सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन्।

रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन्। अन्य चार जनाको नाम जाहेरीमा किटान नभएपनि उनीहरु पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ।

चन्देश्वर, रामविनोद र कमलेश फागुन ११ मै पक्राउ गरे। बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा प्रहरीले पक्राउ गर्न सफल भयो। अन्य चार जनालाई आज बिहान लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको छ। 

घटनामा संलग्न चार जना अझै फरार छन्। उनीहरुको पनि खोजतालस भइरहेको र छिट्टै पक्राउ पर्ने सिरहा प्रहरीले जनाएको छ।

साभार : काठमडौं प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

6 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

6 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले