Janakpurdham
Wed, Oct 14, 2026
`

“विद्यालयबाट ड्रप आउट नै मधेशमा बालविवाहको प्रमुख समस्या”

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम  ,फागुन २६ गते । आजको बालबालिकाहरू भोलीको देशका भविष्य भएकाले बालबालिकामा सबै तहका सरकारले लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । 

राष्ट्रिय बालअधिकार परिषद्को आयोजना तथा एकीकृत हातेमालो समाजको सहयोगमा आज जनकपुरधाममा “बालबालिकामा लगानी :  सुनिश्चित भविष्यको थालनी” मूल भावना सहित प्रदेश स्तरीय बालअधिकार सम्बन्धि छलफलमा सहभागीहरूले सो कुरा जोड दिनुभएको हो । 

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा शिला मिश्रले बालबालिकाको भविष्य सपार्नका लागि बालबालिकामा लगानी बढाउनुको विकल्प नभएको बताउनुभयो । 

गाउँपालिका महासङ्घका मधेश प्रदेशका अध्यक्ष जवाहरलाल यादवले स्थानीय तहले बालबालिकाको क्षेत्रमा लगानी गरे पनि अझै लगानी बढाउन आवश्यक भएको बताउनुभयो । 

सेभ द चिल्ड्रेनका प्रतिनिधि झम्केश्वर ओझाले मधेश प्रदेशका जिल्लाहरूमा ४ हजारको सङ्ख्यामा बालविवाह भएको तथ्याङ्क भएपनि बालविवाह सम्बन्धि कुनै प्रकारको उजुरी नपरेको बताउनुभयो । मधेश प्रदेश सरकारले २०७७ सालमा नै बालबालिका सम्बन्धि ऐन ल्याए पनि निर्देशिका नभएका कारणले कार्यान्वयन गर्न नसकेको उहाँले बताउनुभयो । 

प्रदेश बालकल्याण समितिका सदस्य निरज कुमार साहले विद्यालयबाट विद्यार्थीहरू बीचैमा कक्षा छोड्नु मधेश प्रदेशको ठूलो समस्या भएको बताउँदै विद्यालय छाडेपछि बालबालिकाको विवाह हुने, लागु पदार्थको कुलतमा फस्नुका साथै बाल मजदूरी गर्नका लागि विवश हुने गरेको बताउनुभयो । 

राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले मधेश प्रदेशका ६३ स्थानीय तहमा बाल अधिकार समिति र ४ सय १८ वडामा मात्र वडा बालअधिकार समिति रहनुका साथै कुनै पनि पालिकामा बाल कल्याण अधिकारी नभएको जानकारी दिनुभयो । 

अध्यक्षको आसनबाट एकीकृत हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले नेपालमा कूल जनसङ्ख्याको ३४ प्रतिशत बालबालिकाहरू रहेको बताउँदै सामाजिक उत्तर दायित्व अन्तर्गत मधेश प्रदेशमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूले लगानी गर्न आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने तीनै तहका सरकारका प्रतिनिधिहरू, मानव अधिकार आयोग, ईन्सेक र सेभ द चिल्ड्रेन सहितका संस्थाका प्रतिनिधि सहभागी रहनुभएको थियो । बालबालिकाको क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा कार्यपत्र प्रस्तुति गरिएको थियो । 

साभार : रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

6 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

6 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले