Janakpurdham
Wed, Oct 14, 2026
`

मधेश प्रदेशबाट ८८ हजार विद्यार्थी एसइइमा सहभागी हुँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन २६ गते । अगामी चैत्र ७ गतेबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई पूर्ण रुपमा मर्यादित बनाउने निर्णय भएको छ । 

प्रदेश परीक्षा समन्वय तथा व्यवस्थापन समिति मधेश प्रदेशको आयोजनामा आज जनकपुरधाममा बसेको बैठकले एसइई परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने र परीक्षा सञ्चालनका लागि संघ सरकारले जारी गरेको निर्देशिकालाई पूर्ण रुपमा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको बैठकबाट एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि बनेको निर्देशिकालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै कसैले परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको पाइए तत्काल कारबाही गर्ने निर्णय भएको छ । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एसइई परीक्षालाई मर्यादित बनाउन परीक्षासँग सरोकार भएका सबै निकाय तथा प्रदेशवासीमा आग्रह गर्नुभएको छ । मर्यादित परीक्षाले प्रदेशमा पढ्ने तथा पढाउने वातावरणको निर्माण हुने मुख्यमन्त्रीले बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पनि बोल्नुभएको थियो । 

मधेश प्रदेशबाट यस पटक ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुँदै छन् । 


साभार : रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

6 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

6 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले