१३३ किलोमिटर नांगाे खुट्टा यात्रा गरी जनकपुरधाम आइपुग्यो परिक्रमा, होली शनिबार
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,फागुन २९ गते । १५ दिने मिथिला मध्यमा परिक्रमा १३३ किलोमिटरको यात्रा पुरा गरी आज जनकपुरधाम आइपुगेको छ । साधुसन्त, महन्त तथा हिन्दू धर्मावलम्बीको लावालस्करसहित सो परिक्रमा जनकपुरधाम आइपुगेको हो ।
परिक्रमामा सहभागीहरु बाह्रविघा मैदानमा त्रिपाल टाँगेर बसेका छन् । पैदल नाङ्गो खुट्टा हिडेका उनीहरु थकित देखिन्छन् । यद्दपी उनीहरु आफै खाना पकाएर खान्छन् ।
परिक्रमामा सहभागी साधुसन्त, महन्थ, भक्तजन र धनुषाका लाखौं मानिस भोलि बिहान अन्तरगृह परिक्रमा गर्नेछन् । पाँच कोषको यात्रा गर्नुपर्ने भएकाले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने चलन छ ।
मिथिला महात्म्यअनुसार यी विश्रामस्थलहरुको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रुपले व्याखान गरिएको हुँदा श्रद्धालुमा अटुट आस्था रहेको छ । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यस धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाउन थालिएको हो ।
परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । यो परिक्रमाको अगाढ धार्मिक आस्था रहेको छ ।

धनुषाको कचुरी मठबाट मिथिला विहारी र जनकपुरको अग्निकुण्डबाट जानकीको डोला उठेपछि १३ दिन अगाडि विधिवतरुपमा परिक्रमा सुरु भएको थियो ।
परिक्रमा जनकपुरधाम आएकाले माँस-मदिरा खरिद बिक्री तथा सेवनमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।
अन्तरगृह परिक्रमाको विहानपल्ट होली मनाउने चलन छ । सो अनुसार जनकपुरधामबासीले शनिवार (चैत २ गते) होली मनाइनेछ । जनकपुरधाम बाहेक तराई/मधेसको जिल्लामा भने भोली शुक्रवार नै होली मनाइनेछ ।
साभार : नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
4 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
4 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले