Janakpurdham
Wed, Oct 29, 2025
`

१३३ किलोमिटर नांगाे खुट्टा यात्रा गरी जनकपुरधाम आइपुग्यो परिक्रमा, होली शनिबार

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन २९ गते । १५ दिने मिथिला मध्यमा परिक्रमा १३३ किलोमिटरको यात्रा पुरा गरी आज जनकपुरधाम आइपुगेको छ । साधुसन्त, महन्त तथा हिन्दू धर्मावलम्बीको लावालस्करसहित सो परिक्रमा जनकपुरधाम आइपुगेको हो ।

परिक्रमामा सहभागीहरु बाह्रविघा मैदानमा त्रिपाल टाँगेर बसेका छन् । पैदल नाङ्गो खुट्टा हिडेका उनीहरु थकित देखिन्छन् । यद्दपी उनीहरु आफै खाना पकाएर खान्छन् ।

परिक्रमामा सहभागी साधुसन्त, महन्थ, भक्तजन र धनुषाका लाखौं मानिस भोलि बिहान अन्तरगृह परिक्रमा गर्नेछन् । पाँच कोषको यात्रा गर्नुपर्ने भएकाले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने चलन छ ।

 

मिथिला महात्म्यअनुसार यी विश्रामस्थलहरुको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रुपले व्याखान गरिएको हुँदा श्रद्धालुमा अटुट आस्था रहेको छ । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यस धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाउन थालिएको हो ।

परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । यो परिक्रमाको अगाढ धार्मिक आस्था रहेको छ ।

धनुषाको कचुरी मठबाट मिथिला विहारी र जनकपुरको अग्निकुण्डबाट जानकीको डोला उठेपछि १३ दिन अगाडि विधिवतरुपमा परिक्रमा सुरु भएको थियो ।

परिक्रमा जनकपुरधाम आएकाले माँस-मदिरा खरिद बिक्री तथा सेवनमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

अन्तरगृह परिक्रमाको विहानपल्ट होली मनाउने चलन छ । सो अनुसार जनकपुरधामबासीले शनिवार (चैत २ गते) होली मनाइनेछ । जनकपुरधाम बाहेक तराई/मधेसको जिल्लामा भने भोली शुक्रवार नै होली मनाइनेछ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

2 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

2 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले