Janakpurdham
Wed, Aug 05, 2026
`

डोम परिवारको घरमा डाेजर लगाउने गाउँपालिका अध्यक्ष खाेज्दै औरही पुगे सीडीओ, नभेटेपछि के भन्छन् ?

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत ७ गते । सिरहाको औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ गर्ने नाममा दलित डोम परिवारको घर डोजरले भत्काएको घटना सार्वजनिक भएकाे छ । स्थानीय प्रशासनले पनि यसमा चासाे दिएकाे छ ।

घटनाबारे बुझ्न सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख एसपी रमेश पण्डित गाउँपालिकाको कार्यालय पुगे । तर, उनीहरुले गाउँपालिका अध्यक्ष शिवजी  यादव भेटेनन् । उनीहरु घण्टौं पालिकामा कुरेर बसेपनि अध्यक्ष यादव नआएपछि फर्केको बुझिएको छ ।

प्रजिअ दाहालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्य कर्णलाई गाउँपालिका अध्यक्ष यादव, पूर्व वडाध्यक्ष र बजरंगी बाबालाई सम्पर्कमा ल्याएर हाजिर गराउन भनेको स्रोतले जनाएको छ ।

 प्रजिअ दाहालले घटनाबारे बुझ्न गएको बेला गाउँपालिका अध्यक्षले नभेटेको बताए । उजुरी नपरेको र पक्राउ पूर्जी जारी नभएकाले फरार भन्न नमिल्ने उनकाे भनाइ छ ।

 दाहालले भने, ‘एसपीज्यूसँग भेट्नु भएको थाहा पाएँ । उहाँ (अध्यक्ष)ले सहमतीमै दिपक मरिक सरेको भन्नुभएको छ ।’

उजुरी नपरेको, पीडितले आफैं सरेको भनेकाले केही गर्न नसकिने उनको भनाई छ । गाउँपालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले मरिकको घर डोजरले भत्काएका हुन् । फाल्गुन १० मा दिपक र उनका श्रीमती अनिता मरिक बाहिर रहेको बेला उनको घरमा डोजर चलेकाे थियाे। घरमा भएको समानहरुसमेत माटोले पुरिदिएको पीडित अनिताले दुःखेसो गरिन् ।

गापा अध्यक्ष र पूर्व वडाध्यक्षको निर्देशनमा घरमा डोजल चलाइएको थियो । उनीहरुले नै अहिले दिपकका लागि महायज्ञ स्थलदेखि करिब ५ सय मिटरको दूरीमा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालयको जग्गामा फुसको घर बनाइदिएका छन् ।

तर घर बनाएको ठाउँ हरेक वर्ष वर्षायाममा डुबानमा पर्छ । उनको घर वरिपरि बस्ती छैन् । सुनसान ठाउँमै उनीहरु दिनरात काट्न बाध्य छन् । त्यहाँ विजुली छैन । यतिमात्र होइन्, खानेपानीको सुविधा र शौचालय समेत छैन ।

पीडित अनिता भन्छिन्, ‘पहिलेको ठाउँमा हातेकल थियो । बिजुली लाइन पनि थियो । तर यहाँ कुनै सुविधा छैन् । स्कूलबाट गएर पानी ल्याउनुपर्छ ।’ एकान्त ठाउँमा बस्नुपर्दा रातिमा डर लाग्ने गरेको पनि उनले सुनाइन् ।

दिपक र उनका श्रीमती गाउँपालिकामै सरसफाइको काम गर्छन् । गाउँपालिका अध्यक्षले नै यहाँ महायज्ञ हुँदैछ, अन्य ठाउँमा जानुपर्छ भनेपछि बाध्य भएर यहाँ एकान्त ठाउँमा आएर बस्न बाध्य भएको अनिताले बताइन् ।

गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षले महायज्ञ गराउन धनुषाको सबैलाबाट आएका बजरंगी बाबाको आदेशमा दिपक मरिक परिवारलाई उठिबास मात्र लगाएनन्, दिपकको घर भएको ठाउँको माटो समेत हटाउन लगाए । अछुत बसेको भन्दै करिब दुई फिट माटो त्यहाँबाट हटाउन लगाएको छ, जसको अवशेष अहिले पनि ज्यूकोत्यू छ ।

दिपकका परिवारलाई उठिबास गराइएको र अछुत बसेको भन्दै माटोसमेत हटाएको समाचार विभिन्न मिडियामा आएपछि आज संघीय र प्रदेश संसदमा सांसदहरुले आपत्ति जनाएका छन् ।

मधेश प्रदेशका सासदहरुले दलितमाथि जघन्य अपराध गर्ने औरही गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबालाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

जसपा नेपालकी सांसद ललिता विद्रोहीले मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कडा कारबाहीको माग गरिन् । उनले भनिन्, ‘सिरहामा रिंकु सदाको घटना सेलाउन नपाउँदै दलितको घर उजाड पारिएको छ । यस्तो काम गर्ने जनप्रतिनिधिहरुको मानसिक रोग लागिसकेको छ । उनीहरुको उपचार कहिले हुन्छ ? तत्कालै कडा कारबाही गर्नुपर्छ ।’

यस्तै, एमालेका सांसद लखन दासले पनि औरहीमा दलित परिवारमाथि जघन्य अपराध गर्ने जनप्रतिनिधि जुनसुकै पार्टीको भएपनि कडा कारबाही गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराए । उनले दलितमाथि नै पटकपटक ज्यादती हुँदा पनि सरकार किन मौन बसेको प्रश्न गरे ।

३० वर्षदेखि बसोबास गरिरहेका दिपक मलिकको परिवारलाई उठिबास गराउनु अमानवीय काम भएको भन्दै उनले छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

यस्तै, माओवादी सांसद मालाकुमारी कर्ण र एमाले सांसद राजेन्द्र चौधरीले पनि महायज्ञको नाममा दलित परिवारको उठिबास गराउने कार्यमा संलग्न सबैमाथि तत्कालै कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।


साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

24 मिनट पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

25 मिनट पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले