Janakpurdham
Wed, Oct 29, 2025
`

नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा, अनुकूलनको काम जरुरी”

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ८ गते । नेपालमा जेठ २ देखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई दृष्टिगत गरी प्रदेश स्तरबाट राय सुझाव सङ्कलन गर्न जनकपुरधाममा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना र मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयको समन्वयमा भएको कार्यक्रममा नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदाको प्रस्तुतीकरण पनि गरियो ।

कार्यक्रममा विकसित मुलुकहरूले अत्यधिक मात्रामा कार्बन उत्सर्जन गर्ने गरेका कारण नेपालको समग्र आर्थिक, सामाजिक अवस्थामा नकारात्मक असर परेकोमा विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो ।

जसका कारण सन् २०३० सम्ममा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने भएकोले हरितगृह ग्याँसको उत्सर्जन गर्ने राष्ट्रले सहयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिनुभएको थियो । दिगो विकासको लक्ष्य हासिल गर्न १.५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुन नदिनेतर्फ विश्व समुदाय सहमत भएको सहभागीहरूले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले जलवायु परिवर्तनको मारमा नेपालका सबै नागरिक पीडित भएको बताउँदै जलवायु अनुकूलनको क्षेत्रमा विश्व समुदायले सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।

अध्यक्षको असनबाट बोल्दै मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले जलवायु परिवर्तनका असर कम गर्न जलवायु अनुकूलनका लागि बजेटको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन शाखाका उपसचिव नरेश शर्माले नेपालमा जलवायु परिवर्तनका कारणबाट परेका नकारात्मक प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै जलवायु अनुकूलनको कामका लागि २१ बिलियन अमेरिकी डलर आवश्यक रहेको बताउनुभयो । 

साभार : रेडियो नेपाल 

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

16 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

16 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

2 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले