Janakpurdham
Wed, Oct 14, 2026
`

नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा, अनुकूलनको काम जरुरी”

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ८ गते । नेपालमा जेठ २ देखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई दृष्टिगत गरी प्रदेश स्तरबाट राय सुझाव सङ्कलन गर्न जनकपुरधाममा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना र मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयको समन्वयमा भएको कार्यक्रममा नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदाको प्रस्तुतीकरण पनि गरियो ।

कार्यक्रममा विकसित मुलुकहरूले अत्यधिक मात्रामा कार्बन उत्सर्जन गर्ने गरेका कारण नेपालको समग्र आर्थिक, सामाजिक अवस्थामा नकारात्मक असर परेकोमा विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो ।

जसका कारण सन् २०३० सम्ममा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने भएकोले हरितगृह ग्याँसको उत्सर्जन गर्ने राष्ट्रले सहयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिनुभएको थियो । दिगो विकासको लक्ष्य हासिल गर्न १.५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुन नदिनेतर्फ विश्व समुदाय सहमत भएको सहभागीहरूले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले जलवायु परिवर्तनको मारमा नेपालका सबै नागरिक पीडित भएको बताउँदै जलवायु अनुकूलनको क्षेत्रमा विश्व समुदायले सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।

अध्यक्षको असनबाट बोल्दै मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले जलवायु परिवर्तनका असर कम गर्न जलवायु अनुकूलनका लागि बजेटको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन शाखाका उपसचिव नरेश शर्माले नेपालमा जलवायु परिवर्तनका कारणबाट परेका नकारात्मक प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै जलवायु अनुकूलनको कामका लागि २१ बिलियन अमेरिकी डलर आवश्यक रहेको बताउनुभयो । 

साभार : रेडियो नेपाल 

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

4 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

4 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले