पत्रकारहरूको वृत्ति विकासका लागि ठोस नीति बनाउन जरुरी : मुख्यमन्त्री सिंह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आर्थिक मन्दीको प्रभावबाट अन्य क्षेत्र जतै पत्रकारिता क्षेत्र प्रभावित भएकाले पत्रकारहरूको वृत्ति विकासका लागि ठोस नीति बनाउन जरुरी रहेका बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घ धनुषाको समन्वयमा अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरू सम्बन्धमा अभिमुखीकरण र छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघ सरकारले नै ठोस नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहले पत्रकारिता क्षेत्रमा अनलाइन तथा युट्युबबाट दोहोरो अर्थ लाग्ने समाचार सम्प्रेषण गरेर पाठक तथा श्रोतामा भ्रम सृजना गरिएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक सबलीकरण तथा सुशासनका लागि पत्रकारिता क्षेत्रले सकारात्मक दृष्टिकोणका साथ कलम चलाउन जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले पाठक वर्ग विश्वसनीय पत्रकारिताको पक्षमा रहेको बताउँदै विश्वसनीय समाचार नदिने सञ्चार माध्यम आफै जनताबाट टाढिँदै जाने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्णले छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश सरकारले यूट्युवरहरुलाई पनि वार्षिक रुपमा आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पाठकले रुचाउने राम्रा कन्टेन्ट दिन जरुरी रहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव कोषहरि निरौलाले मन्त्रालयले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न प्रकारका नीतिगत तथा कानूनी सुधारको काम गर्ने क्रममा सार्वजनिक सेवा प्रसारण ऐन बनाएर रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई एक्कै ठाउँमा ल्याउनका लागि नियमावली बनाउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका उपसचिव ममता बास्तोला, नेपाल प्रेस काउन्सिलका उप प्रशासकीय अधिकृत रहमतुल्ला मियाँ र मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
साभार ः रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
4 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
4 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले