पत्रकारहरूको वृत्ति विकासका लागि ठोस नीति बनाउन जरुरी : मुख्यमन्त्री सिंह
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आर्थिक मन्दीको प्रभावबाट अन्य क्षेत्र जतै पत्रकारिता क्षेत्र प्रभावित भएकाले पत्रकारहरूको वृत्ति विकासका लागि ठोस नीति बनाउन जरुरी रहेका बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घ धनुषाको समन्वयमा अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरू सम्बन्धमा अभिमुखीकरण र छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघ सरकारले नै ठोस नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहले पत्रकारिता क्षेत्रमा अनलाइन तथा युट्युबबाट दोहोरो अर्थ लाग्ने समाचार सम्प्रेषण गरेर पाठक तथा श्रोतामा भ्रम सृजना गरिएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक सबलीकरण तथा सुशासनका लागि पत्रकारिता क्षेत्रले सकारात्मक दृष्टिकोणका साथ कलम चलाउन जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले पाठक वर्ग विश्वसनीय पत्रकारिताको पक्षमा रहेको बताउँदै विश्वसनीय समाचार नदिने सञ्चार माध्यम आफै जनताबाट टाढिँदै जाने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्णले छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश सरकारले यूट्युवरहरुलाई पनि वार्षिक रुपमा आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पाठकले रुचाउने राम्रा कन्टेन्ट दिन जरुरी रहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव कोषहरि निरौलाले मन्त्रालयले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न प्रकारका नीतिगत तथा कानूनी सुधारको काम गर्ने क्रममा सार्वजनिक सेवा प्रसारण ऐन बनाएर रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई एक्कै ठाउँमा ल्याउनका लागि नियमावली बनाउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका उपसचिव ममता बास्तोला, नेपाल प्रेस काउन्सिलका उप प्रशासकीय अधिकृत रहमतुल्ला मियाँ र मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
साभार ः रेडियो नेपाल
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
15 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
15 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले