
विश्व क्षयरोग जनकपुरधाममा विविध कार्यक्रम गरी मनाईयो
4 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, चैत ११ गते । विश्व क्षयरोग जनकपुरधाममा सोमवार विविध कार्यक्रम गरी मनाईएको छ । जनकपुरधाम उपमहानगरपालिकाको जिल्ला स्वास्थ्य कार्यालय धनुषाबाट विहान निस्केको ¥याली नगरको जानकी चोक , जनक चोक , शिव चोक हुदैं बजार परिक्रमा गरि उपमहानगरपालिकाको प्रांगनमा कोणसभामा परिणत भएको थियो । उक्त कोण सभामा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मंडलले क्षयरोग रोगको तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने बताएका छन् । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमित औषधी सेवन गरे यसबाट जोगिन सकिने उनले बताए । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग भएको बताएका छन् । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने उनले बताएका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिनसम्म देखिने चिकित्सकको भनाई छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनीधि जिल्लास्थित सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र नागरिक समाजका प्रतिनिधी, स्वास्थ्य संग सम्बन्धित विद्यार्थीहरु लगायतको सहभागिता थियो । यस अवसरमा क्षयरोग (टीबी) विरुद्ध जनचेतना फैलाउने, यसको रोकथाम र उपचारका उपायहरूको बारेमा जानकारी दिने कार्यक्रमहरू सम्पन्न भए । जनचेतना कार्यक्रम, र्याली, तथा ब्यानर प्रदर्शनको माध्यमबाट क्षयरोगको बारेमा जागरुकता फैलाउन विशेष पहल गरिएको थियो । विश्व क्षयरोग दिवसको उद्देश्य टीबीको प्रभावलाई कम गर्नु र यसको उपचारको लागि आवश्यक कदमहरू बारे जनतालाई सचेत बनाउनु हो ।

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
1 दिन पहिले
आमासँग प्रेम, छोरीको हत्या
धनुषा,श्रावण १५ गते । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई ..
1 दिन पहिले
‘तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन’
मोरङ, साउन १४ : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार ८४ सम्मै रहने बताएका छन्। विराट..
2 दिन पहिले
प्रधानमन्त्री ओली साउन १८ गते तुर्केमिनिस्तान जाने
काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओली तुर्केमिनिस्तान भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले राष्..
2 दिन पहिले
नेपाल डम्पिङ साइट बन्न सक्दैन : मन्त्री भण्डारी
काठमाडौं, साउन १३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्। मं..
3 दिन पहिले