विश्व क्षयरोग जनकपुरधाममा विविध कार्यक्रम गरी मनाईयो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत ११ गते । विश्व क्षयरोग जनकपुरधाममा सोमवार विविध कार्यक्रम गरी मनाईएको छ । जनकपुरधाम उपमहानगरपालिकाको जिल्ला स्वास्थ्य कार्यालय धनुषाबाट विहान निस्केको ¥याली नगरको जानकी चोक , जनक चोक , शिव चोक हुदैं बजार परिक्रमा गरि उपमहानगरपालिकाको प्रांगनमा कोणसभामा परिणत भएको थियो । उक्त कोण सभामा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मंडलले क्षयरोग रोगको तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने बताएका छन् । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमित औषधी सेवन गरे यसबाट जोगिन सकिने उनले बताए । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग भएको बताएका छन् । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने उनले बताएका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिनसम्म देखिने चिकित्सकको भनाई छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनीधि जिल्लास्थित सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र नागरिक समाजका प्रतिनिधी, स्वास्थ्य संग सम्बन्धित विद्यार्थीहरु लगायतको सहभागिता थियो । यस अवसरमा क्षयरोग (टीबी) विरुद्ध जनचेतना फैलाउने, यसको रोकथाम र उपचारका उपायहरूको बारेमा जानकारी दिने कार्यक्रमहरू सम्पन्न भए । जनचेतना कार्यक्रम, र्याली, तथा ब्यानर प्रदर्शनको माध्यमबाट क्षयरोगको बारेमा जागरुकता फैलाउन विशेष पहल गरिएको थियो । विश्व क्षयरोग दिवसको उद्देश्य टीबीको प्रभावलाई कम गर्नु र यसको उपचारको लागि आवश्यक कदमहरू बारे जनतालाई सचेत बनाउनु हो ।
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
6 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
6 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले