Janakpurdham
Wed, Oct 29, 2025
`

मुख्यमन्त्रीको निर्देशन अवज्ञा गरेपछि पक्राउ परे आनन्द हस्पिटलका सञ्चालक

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

रौतहट, चैत १३ : रौतहटको शिवनगरमा रहेको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेशप्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ।

गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगरमा रहेको सो हस्पिटल मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको थियोे।

केहि दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो।

नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।

रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।

आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो।

तर पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै बिरामी भर्ना गरेको आरोप लागेको छ। तर अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

20 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

20 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

2 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले