नयाँ आइजिपी आएलगत्तै प्रहरीमा सरूवा मापदण्डबारे देशैभरका युनिटसँग सुझाव माग
7 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत १३ : नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवासम्बन्धी मापदण्डलाई परिमार्जन तथा संशोधन गर्न मातहतका युनिटसँग सुझाव मागेको छ ।
नयाँ संगठन प्रमुख (आईजी) मा दीपक थापाको आगमनलगत्तै प्रधान कार्यालयले कर्मचारीको सरुवासम्बन्धी मापदण्ड तय गर्न राय मागेको हो ।
प्रहरीको कर्मचारी प्रशासन शाखाले यस सम्बन्धमा चैत १२ गते मातहतका सबै युनिटलाई परिपत्र गरेको छ।
पत्रमा कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ लाई परिमार्जन र संशोधन गर्न र मापदण्डलाई थप प्रभावकारी बनाउन के–कस्ता प्रावधान थप गर्न उपयुक्त हुन्छ भनी सुझाव दिन भनिएको छ ।
साथै, विद्यमान सरुवा मापदण्डमा उल्लेख भएका कुन कुन बुँदाहरू संशोधन गर्दा प्रहरी कर्मचारीको सरुवा प्रणाली अझ व्यवस्थित र विश्वसनीय हुन्छ ? भन्दै प्रश्न पनि सोधिएको छ।
सुझाव उपलब्ध गराउन आगामी चैत १५ सम्मको समयसीमा तोकिएको छ।
साभार : काठमाडौं प्रेस
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..
काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..
3 घन्टा पहिले
मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..
जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..
3 घन्टा पहिले
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
1 दिन पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
1 दिन पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
2 दिन पहिले