विश्व शान्ति तथा मानव कल्याणका लागि जनकपुरधाममा महायज्ञ सम्पन्न
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १५ गते । विश्वशान्ति तथा मानव कल्याणका लागि जनकपुरधाममा नौ दिवसीय श्रीसीताराम नाम जप महायज्ञ आज सम्पन्न भएको छ ।
जनकपुरधामको वेङ्गाशिवपुरमा रहेको ५२ बिघामा सम्पन्न भएको महायज्ञमा ४ करोड रकम खर्च भएको छ । चैत्र ५ गतेबाट शुरु भएर १४ गतेसम्म चलेका महायज्ञमा सहभागी भएका कीर्तन मण्डलीहरूलाई आज दक्षिणा प्रदान गरेर विदाई गरिएको छ ।
श्रीसीताराम नाम जप महायज्ञमा ३ हजार ५ सय कीर्तनीया सहभागी रहनु भएको थियो । आज १२ बजेसम्म अष्टजाम सम्पन्न भएको छ । यसका साथै रामार्चा पूँजा, लखराम पूँजा सहितका अनुष्ठानहरू भएको जनकपुरधामको वडा नंं १६ का वडाध्यक्ष एवं भक्त रामचन्द्र पञ्जियारले जानकारी दिनु भएको हो ।
सो ठाउँमा गत पुस २ गते देखि नै अखण्ड कीर्तनको पनि आयोजना गरिएको थियो । भारतको सीतामढी पुनौराधामका सन्त बाबा राघवेन्द्र दासको अगुवाइमा भएको महायज्ञमा लाखौँ भक्तजनहरू सहभागी भएका थिए । महायज्ञ समितिका संयोजक मुकेश यादवको अग्रसरतामा महायज्ञ भएका थिए ।
महायज्ञ समापन कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सभाका सदस्य रमिता प्रधानले धार्मिक सहिष्णुता तथा सद्भाव मार्फत पनि देशको समृद्धि र विकास गर्ने धेरै उदाहरणहरू रहेको बताउनु भयो ।
साभार : रेडियो नेपाल
महायज्ञको समापन कार्यक्रममा बोल्दै बाबा राघवेन्द्रले मानव कल्याण तथा विश्व शान्तिका लागि आयोजना गरिएको महायज्ञले विश्वमा शान्ति, स्थिरता मानवको रक्षा हुने विश्वास व्यक्त गर्नु भयो । यज्ञले जनतालाई जगाउने काम गर्ने भएकाले महायज्ञ माता सीताको जन्म भूमिमा गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
16 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
16 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले