पत्रकार हत्याको विरोधमा विरोध जनकपुरधाममा प्रदर्शन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,चैत १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हत्याको विरोधमा आज जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जली सभा गरेको छ ।
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई प्रेसको लुगा तथा क्यामरा बोकिएको अवस्थामा जिउँदै जलाएर हत्या गरेको विरोधमा महासङ्घले र्यालीसहित श्रद्धाञ्जली सभा गरेको हो ।
महासङ्घको अगुवाइमा निस्केको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
ब्यानर, प्लेकार्डसहित निस्केको विरोध र्यालीमा पत्रकार रजकलाई हत्या गर्ने माथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर पत्रकार संस्था माथिको आक्रमण बन्द गर जस्ता विषयमा लगाइएको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्यारालाई कारबाही नभए कडा आन्दोलनमा जाने बताउनुभयो ।
महासङ्घले विगतमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा पनि पत्रकारलाई जिउँदै जलाउने काम नभएको भन्दै धनुषाका पत्रकारहरूले यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
साभार : रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
3 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
3 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले