Janakpurdham
Tue, Oct 28, 2025
`

द्रुत डाँक सेवा प्रभावकारी बन्दै

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत १७ गते ।  हुलाक सेवा विभागको द्रुत डाँक सेवा प्रभावकारी बन्दै गएको छ । हुलाक सेवा विभागले द्रुत डाँक सेवाको विषयमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम गर्‍यो ।नेपालका हुलाक सेवा विभाग विश्वका १ सय ८० मुलुकको सदस्य रहे पनि द्रुत डाँक सेवा दिने काम विश्वका ३८ राष्ट्रसँग मात्र भइरहेको छ । 

नीजि क्षेत्रबाट सञ्चालित रहेको कुरियर सेवा भन्दा सस्तो तथा भरपर्दो सेवा दिने काम भएकाले हुलाक सेवाको द्रुत डाँक सेवा लिनेको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।४ वर्षको अवधिमा नेपालबाट विदेशका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ सय हरेकोमा अहिले बढेर ४ हजार ३ सय पुगेको छ । विदेशबाट नेपालका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ हजार रहेकोमा अहिले बढेर ३३ हजार पुगेको हुलाक सेवा विभागले जनाएको छ । 

नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तगतको हुलाक सेवाको द्रुत डाँक सेवाका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको मधेश प्रदेशमा विस्तार गर्न सुझाव दिनुभयो ।द्रुत डाँक सेवा मार्फत अधिकतम २० किलोग्रामको सामानहरू किलोग्रामको आधारमा तोकिएका शुल्क बुझाएर पठाउन सकिने छ । 

साभार ः रेडियो नेपाल

 

 

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

9 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

9 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले