जनकपुरमा बल प्रयोग गर्दा आन्दोलनकारीसँग झडप, अश्रुग्यास प्रहार
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १७ गते । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा सडक जाम गरेर हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ ।प्रहरीले सहमतिबिना सडक खुलाउन खोज्दा आन्दोलन गर्ने समूहसँग झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास हानेका छन् । केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि आन्दोलनकारी तितर–बितर भएका छन् । अहिले जनकपुरधाम-जलेश्वर सडक संचालनमा आएको छ । विन्धीमा अहिले ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालित छन् ।गत चैत २ गते होली खेल्ने क्रममा १५ वर्षीय आँशु यादवमाथि छुरा प्रहार गरी उनको हत्या गरिएको थियो । घटनामा संलग्न भन्दै प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ । तर अन्य केही व्यक्ति फरार रहेको र उनीहरुविरुद्ध जाहेरी दिएपनि प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवार र स्थानीय आन्दोलित बनेका छन् ।
मृतक आँशुका परिवार र स्थानीयले आज विहानैबाट सडक अवरुद्ध पारेको थियो । सडक खुलाउन आन्दोलनकारीमाथि सामान्य बल प्रयोग गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए । उनका अनुसार अहिले सडक खुलेको छ । अबस्था सामान्य छ ।सडक खुलाउन प्रहरीले गरेको लाठीचार्जबाट दर्जनौं व्यक्ति घाइते भएका छन् । डीएसपी सिंहले आश्रुग्यास प्रहार र घाइतेहरुको विवरण अहिले प्राप्त न भएको बताए । उनले अहिले घटनास्थलबाट बल्ल फर्किन लागेको बताए ।
साभार ः नेपाल प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
9 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले