जनकपुरमा बल प्रयोग गर्दा आन्दोलनकारीसँग झडप, अश्रुग्यास प्रहार
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १७ गते । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा सडक जाम गरेर हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ ।प्रहरीले सहमतिबिना सडक खुलाउन खोज्दा आन्दोलन गर्ने समूहसँग झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास हानेका छन् । केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि आन्दोलनकारी तितर–बितर भएका छन् । अहिले जनकपुरधाम-जलेश्वर सडक संचालनमा आएको छ । विन्धीमा अहिले ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालित छन् ।गत चैत २ गते होली खेल्ने क्रममा १५ वर्षीय आँशु यादवमाथि छुरा प्रहार गरी उनको हत्या गरिएको थियो । घटनामा संलग्न भन्दै प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ । तर अन्य केही व्यक्ति फरार रहेको र उनीहरुविरुद्ध जाहेरी दिएपनि प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवार र स्थानीय आन्दोलित बनेका छन् ।
मृतक आँशुका परिवार र स्थानीयले आज विहानैबाट सडक अवरुद्ध पारेको थियो । सडक खुलाउन आन्दोलनकारीमाथि सामान्य बल प्रयोग गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए । उनका अनुसार अहिले सडक खुलेको छ । अबस्था सामान्य छ ।सडक खुलाउन प्रहरीले गरेको लाठीचार्जबाट दर्जनौं व्यक्ति घाइते भएका छन् । डीएसपी सिंहले आश्रुग्यास प्रहार र घाइतेहरुको विवरण अहिले प्राप्त न भएको बताए । उनले अहिले घटनास्थलबाट बल्ल फर्किन लागेको बताए ।
साभार ः नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
3 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
3 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले